आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

जर्जियामा डेमोक्राटिकका दुवै उम्मेदवार विजयी हुने पक्का


  • माउन्टेन खबर
  • बिहिबार, पुस २३, २०७७
  • 412
    SHARES

२३ पुस, वासिङटन। अमेरिकाको तल्लो सदनमा बहुमत प्राप्त डेमोक्रेटिक पार्टी सिनेटमा पनि हाबी हुने तय भएको छ । जर्जियामा सम्पन्न निर्वाचनमा डेमोक्रेटिक पार्टीका दुबै उम्मेदवार विजयी हुने देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

जर्जियाको एक क्षेत्रमा राफेल वार्नोक र अर्को क्षेत्रबाट जोन ओस सफ विजयी भएको प्रक्षेपण अमेरिकी सञ्चारमाध्यमहरुले गरेका हुन् । वार्नोकसँग रिपब्लिकनका केली लोइफ्लर र जोन ओस सफ विरुद्ध डेभिड परड्यु प्रतिस्पर्धामा छन् ।

सञ्चारमाध्यमहरुका अनुसार वार्नेक जर्जियाबाट विजयी भएका पहिलो अश्वेत सिनेटर हुन् । त्यस्तै, अमेरिकी इतिहासमा सिनेटर निर्वाचित हुने उनी ११ औं अश्वेत हुन् । अमेरिकी गृहयुद्धका दौरान जर्जिया दासप्रथा पक्षधरहरुको पकडमा थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)