आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

ट्रम्पलाई तत्कालै राष्ट्रपतिबाट हटाउनुपर्ने मन्त्रीहरुको माग


  • माउन्टेन खबर
  • बिहिबार, पुस २३, २०७७
  • 435
    SHARES

२३ पुस, काठमाडौं । अमेरिकी संसद् भवनमा हुुलदङ्गा र हिंसात्मक प्रदर्शन भएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पलाई तत्कालै पदबाट हटाउनुपर्ने केही सत्तारुढ सांसद् र मन्त्रीहरुले माग गरेका छन् । ट्रम्पको कार्यकाल सकिन केवल १४ दिन बाँकी भएपनि हिजोको यस घटना देखि उनलाई तुरुन्तै हटाउनुपर्ने माग सांसद तथा मन्त्रीहरुले गरेका छन।

गत नोभेम्बरमा सम्पन्न निर्वाचनको मतपरिणामलाई धाँधलीको संज्ञा दिदैं आएका ट्रम्पले बुधबार प्रदर्शनकारीहरुलाई संसद् भवन घेर्न लगाएका थिए। उनको आग्रहपछि संसद् भवन पुुगेका प्रदर्शनकारीहरुले भवनभित्रै छिरेर वितण्डा मच्चाए । यसक्रममा एक प्रदर्शनकारीको संसद् भवनमै गोली लागेर मृत्यु भयो । बुधबारै वासिङटनमा प्रदर्शनका क्रममा अन्य तीन जनाको मृत्यु भयो ।

यस्तोमा उनलाई हटाउन सक्ने केहि प्रावधान रहेका छन् । जसमा संसद्बाट महाभियोग पारित र अर्को, संविधानको २५ औं संशोधनको प्रावधान अनुरुप उपराष्ट्रपति र क्याबिनेट सदस्यद्धारा पदमुक्त गर्ने कार्य एक हो । महाभियोग प्रस्ताव अघि बढेर पारित भएमा उनी अर्को कार्यकाल फेरि निर्वाचन लड्न पाउने छैनन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)