आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सिलगढीमा नेपाली पुस्तक बिमोचन


  • माउन्टेन खबर
  • बिहिबार, पुस २३, २०७७
  • 541
    SHARES

जनावरी ७ भारत । भारतको सिलगढिमा नेपाली पुस्तकहरुको बिमोचन भएको छ। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज सिलगढ़ी च्यप्टरको आयोजनामा तीन नारी हस्तक्षरहरू गौरी सुब्बा,नीता तामङ अनि लतिका जोशीका गरि तीनवटा कविता सङ्ग्रहहरु विमोचन गरिए ।

सिलगढ़ीको देवकोटा संघमा आयोजना गरिएको उक्त कार्यक्रममा क्रमस घामको खोजीमा, अञ्जान यात्रामा र संगरोध नामका पुस्तकहरु बिमोचित भएका थिए ।

यी पुस्तकहरूको समिक्षा क्रमैले हास्यव्यंगकार,साहित्यकार कृष्ण प्रधान,तिलक लम्साल र कवि नमिता राईको पक्षमा निलामनी राई थापाले गरेका थिए ।

कार्यक्रमको सभापतित्व वरिष्ठ साहित्यकार श्री युवराज काफ्लेले गरेका थिए भने प्रमुख अतिथि उत्तर बंगाल विश्वविद्यालयका नेपाली विभाग प्रमुख डा कॄष्णराज घतानी रहेका थिए । विशिष्ठ अतिथिहरु देवकोटा संघका अध्यक्ष श्रीमान मिलन रूचाल, आयकर विभाग प्रमुख,श्री पी टि योल्मो, सचिल आयक, विभाग,बिजनबारीका अतिथी गण तथा गण्यमाण्य अतिथिहरू उपस्थित थिए ।

दुरदर्शन विभाग जलपाईगुढ़ीको उपस्थितले कार्यक्रमको शोभा बढेको थियो ।

स्वागत वक्तव्य उपाध्यक्ष अनेसास सिलगढ़ी च्याप्टर श्रीमान सरद छेत्रीले राखेका थिए भने पाठक वर्गबाट नारी शक्ती निर्देशीका श्रीमती प्रतिमा जोशीले राखेका थिए ।

उक्त कार्यक्रमको उद्घोषण सचिव खेम सापकोटा र अनेसास सदस्य श्रीमती उषा नन्दी गहतराजले गरेका थिए ।

कविता बाचनमा श्रीमती मीरा गजमेर थीइन भने सांसकृतिक कार्यमा भने उदवोदनी गीत देवकोटा संघ,स्वरसती बन्दना गौरी सुब्बाका नानीहरू थिए । सानिगध्य थापाले मिठो स्वरको गीत गाए पाश्चात कार्यक्रमको समापन भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)