आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

मंगलबार भएको हिंसात्मक प्रदर्शनको ट्रम्पद्वारा निन्दा


  • माउन्टेन खबर
  • शुक्रबार, पुस २४, २०७७
  • 435
    SHARES

२४ पुस, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः गत नोभेम्बरमा भएको निर्वाचनमा जो बाइडनको जित स्वीकार गर्नुभएको छ । बिहीबार उनले बाइडन अमेरिकाको राष्ट्रपति बन्ने र आफ्नो ध्यान शान्तिपूर्णरुपमा शक्ति हस्तान्तरण गर्नु रहेको बताएका हुन् ।

सामाजिक सञ्जाल ट्वीटरमा एक भिडियो सन्देश राख्दै उहाँले यस्तो बताउनुभएको हो । बुधबार ट्रम्पका समर्थकहरुले निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै अमेरिकाको संसद् भवन क्यापिटल हिलमा हिंसात्मक प्रदर्शन गरेका थिए ।

ट्रम्पले बुधबार भएको हिंसात्मक प्रदर्शनको पनि निन्दा गर्नुभएको छ । उहाँले उक्त आक्रमणलाई जघन्य आक्रमणको संज्ञा दिँदै यस किसिमको आक्रमणले अमेरिकाको प्रजातन्त्रलाई अशुद्ध बनाएको बताउनुभएको छ।

ट्रम्पले भनेका छन्, ‘नयाँ प्रशासनको शपथग्रहण जनवरी २० मा हुनेछ । मेरो ध्यान अहिले शान्त, व्यवस्थित र निर्बाधरुपमा शक्ति हस्तान्तरणमा केन्द्रित भएको छ ।’

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)