सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

इन्डाेनेसियामा ६२ यात्रु बाेकेकाे विमान उडेकाे केही मिनेटभित्रै बेपत्ता


  • माउन्टेन खबर
  • शनिबार, पुस २५, २०७७
  • 481
    SHARES

फ्लाइटराडारमा विमानकाे स्थिति (तस्वीरः एपी)

जकार्ता,२५ पुस। इन्डाेनेसियाकाे घरेलु उडानमा रहेकाे एउटा विमान शनिबार अपराह्न उडेकाे केही क्षणमै सम्पर्क विहीन भएकाे छ । उक्त विमान राजधानी जकार्ताबाट पाेन्टीयानाकतर्फ उडेकाे थियाे ।

अधिकारीहरूका अनुसार श्रीविजाया एयरकाे उक्त विमानमा ६२ जना सवार थिए । इन्डाेनेसियाकाे यातायात मन्त्रालयका प्रवक्ता अदिता इरावातीका अनुसार बाेइङ ७३७-५०० विमान जकार्ताबाट स्थानीय समय अनुसार अपराह्न १.५६ बजे उडेकाे र २.४० मा टावरसँग सम्पर्क विच्छेद भएकाे थियाे ।

विमान कम्पनीले जारी गरेकाे विज्ञप्तिमा याे विमानकाे उडान समय करिव ९० मिनेटकाे थियाे । विमानमा ५६ जना यात्रु र ६ जना चालक दलका सदस्य थिए ।

विमानकाे खाेज तथा उद्धार अभियान शुरू भइसकेकाे यातायात मन्त्रालयले जनाएकाे छ ।

टापुहरूकाे देश भनेर चिनिने इन्डाेनेसियामा नियमित अन्तरालमा विमान दुर्घटना हुने गरेका छन् ।

अक्टाेबर २०१८ मा लायन एयरले संचालन गरेकाे बाेइङ ७३७ म्याक्स ८ जेट पनि राजधानी जकार्ताबाट उडेकाे केही मिनेटभित्रै जाभा समुद्रमा खसेकाे थियाे । त्यस दुर्घटनामा विमानमा सवार सबै १८९ जनाकाे मृत्यु भएकाे थियाे । सन् १९९७ मा पनि गरूड विमान सेवाकाे एउटा विमान मेडानमा दुर्घटनाग्रस्त हुँदा २३४ यात्रुकाे ज्यान गएकाे थियाे भने सन्र २०१४ काे डिसेम्बरमा  एयर एसियाकाे जहाज सुराबायाबाट सिंगापुर जानेक्रममा समुद्रमा खसेर १६२ जनाकाे मृत्यु भएकाे थियाे । (एसाेसिएटेड प्रेस)

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)