शनिबार, साउन १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

पल्सर स्पोर्टस अवार्ड आज हुँदै


  • माउन्टेन खबर
  • मङ्लबार, पुस २८, २०७७
  • 435
    SHARES

२८ पुस, काठमाडौं। हरेक वर्ष आयोजना हुने पल्सर स्पोर्टस अवार्ड कार्यक्रम आज (मंगलबार)आयोजना हुँदैछ।

नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने अवार्ड कार्यक्रम ललितपुरको सातदोबाटोस्थित कराँते हलमा अपरान्ह साढे ४ बजे सुरु हुनेछ।

सेमी भर्चुअलको रुपमा आयोजना हुने उक्त अवार्ड कार्यक्रममा विभिन्न १० विधामा अवार्ड प्रदान गरिने आयोजकले बताएको छ।

अवार्डका लागि वर्ष २०७६ सालमा भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडीले गरेको प्रदर्शन र प्राप्त नतिजाका आधारमा खेलाडी र खेलकर्मी मनोनयनमा परेका छन्। उनीहरु मध्येबाट छानिएकालाई अवार्ड प्रदान गरिने छ।

पिपल्स च्वाइस विधाको मनोनयनमा पौडीकी गौरिका सिंह, करातेका मन्डेकाजी श्रेष्ठ, भलिबलकी अरुणा शाही, बास्केटबलकी सदिना श्रेष्ठ र फुटबलकी सावित्रा भण्डारी पर्नुभएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)