आइतवार, साउन १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भारतमा कोरोनाको खोपको मूल्य प्रति खोप २०० देखि २९५ रूपैयाँसम्म


  • माउन्टेन खबर
  • बुधबार, पुस २९, २०७७
  • 927
    SHARES

न्यूदिल्ली, एजेन्सी । भारतमा कोरोना भाइरस विरुद्धको प्रति खोपलाई २०० देखि २९५ रूपैयाँसम्म पर्न सक्ने अनुमान गरिएको छ ।  केन्द्रीय स्वास्थ्य सचिव राजेश भूषणले प्रत्येक खोपको खर्च २०० देखि २९५ रूपैयाँसम्म पर्न सक्ने जानकारी दिएका हुन् ।

भारतमा कोभिशिल्ड र कोभ्याक्सीन गरी दुई वटा खोप आपत्कालीन अवस्थामा प्रयोग गर्न आधिकारिक निकायले अनुमति दिएको छ ।
भारतले अहिलेसम्म कोरोना भाइरस विरुद्धको ५४ लाख खोप भण्डारण गरेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले जनाएका छन् । पहिलो चरणमा यो खोप देशका विभिन्न ठाउँमा वितरण गरिने छ ।

भारतमा यही जनवरी १६ तारिखदेखि कोरोनाविरुद्धको खोप लगाउन शुरु गर्ने तयारी भइरहेको महानिर्देशक भूषणले जानकारी दिए ।
भारत सरकारले गत सन् २०२० को मे महिना अगाडि नै कोरोना भाइरस विरुद्धको खोप विकास गर्न वैज्ञानिक तथा अनुसन्धानकर्ताहरूलाई खटाएको थियो । उनीहरूले नै यसको विकास गरेका हुन् ।

“कूल ११० लाखको सङ्ख्यामा कोभिशिल्ड खोप उत्पादन गर्ने कार्य भइरहेको छ, यो काम सेरम इन्ष्टीच्यूड अफ इन्डीया एसआईआईले गरिरहेको छ,” भूषणले भने।

त्यसैगरी अर्को खोप कोभ्याक्सीन ५५ लाखको सङ्ख्यामा उत्पादन गर्ने कार्य भइरहेको पनि उनले जानकारी दिए। यो भने भारत बायोटेक इन्टरनेशनल लिमिटेडले गरिरहेको हो । त्यसका लागि प्रतिखोप २९५ रूपैयाँ लाग्ने बताइएको छ ।

दुवै खोप यही जनवरी १४ सम्ममा सरकारलाई प्राप्त भइसक्ने र त्यसको दुई दिनपछि लगाउन थाल्ने सरकारको योजना रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)