शनिबार, साउन १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

इंग्लिस प्रिमियर लिग

सिटीको लगातार सातौं जित,अंक–तालिकाको शीर्ष तीन स्थानमा


  • माउन्टेन खबर
  • बिहिबार, माघ १, २०७७
  • 299
    SHARES

लन्डन । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले बुधबार रातिको खेलमा ब्राइटनलाई १–० ले हरायो । इतिहाड स्टेडियममा भएको खेलमा युवा खेलाडी फिल फोडेनले निर्णायक गोल गरे ।

यो नतिजापछि सिटी यस सिजनमै पहिलोपल्ट अंक–तालिकाको शीर्ष तीन स्थानमा पनि उक्लेको छ । सबैखाले प्रतियोगितामा सिटीको यो लगातार सातौं जित हो । यस्तै पछिल्ला १४ खेलमा सिटी अपराजित रहेको छ । सिटीको अब १६ खेलबाट ३२ अंक भएको छ । उसका अगाडि म्यानचेस्टर युनाइटेड ३६ र लिभरपुल ३३ अंकमा छन् ।

बुधबारकै अर्को खेलमा फुलहमले टोटनहमलाई १–१ को बराबरीमा रोकेको छ । ह्यारी किनको गोलले अग्रता लिएको टोटनहमविरुद्ध फुलहमका लागि इभान काभालेरोले बराबरी गोल फर्काए । टोटनहम ३० अंकसाथ छैटौं स्थानमा रह्यो भने फुलहम १२ अंकसहित पुछारबाट तेस्रो स्थानमा छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)