सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

फ्रान्समा संक्रमण बढ्दै गएपछि कर्फ्युमा थप कडाई


  • माउन्टेन खबर
  • शुक्रबार, माघ २, २०७७
  • 298
    SHARES

२ माघ, काठमाडौं । कोरोना संक्रमण बढ्न थालेपछि फ्रान्समा रातको समयमा लागु गरिएको कर्फ्यूमा थप कडाई गरिने घोषणा त्यहाँको सरकारको गरेको छ।

फ्रान्सका प्रधानमन्त्री जीन केसटेक्सले स्थानीय समयानुसार शनिबार बेलुका ६ बजेदेखि फ्रान्समा देशव्यापी रुपमा लागू गरिएको रातीको कर्फ्यूको ढाँचामा परिवर्तन गरिने जानकारी दिएका छन्।

डिसेम्बरदेखि नै फ्रान्समा रातको समयमा कर्फ्यू जारी छ । तर अब बढ्दो संक्रमणलाई मध्यनजर गर्दै यसमा थप कडाइको घोषणा प्रधानमन्त्री केसटेक्सले गरेका हुन्।

अहिलेसम्म राति ८ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यू लाग्ने गरेको थियो। तर अब साँझ ६ बजेदेखि नै कर्फ्यू लगाईने छ। यो नयाँ नियम कम्तिमा १५ दिनसम्म लागु रहने छ।

प्रधानमन्त्रीले देशभर कोरोना संक्रमणको अवस्था चिन्ताजनक रहेको बताउनुभएको छ । उहाँले विदेशबाट आउनेहरुका लागि पनि नयाँ नियमको घोषणा गर्नुभएको छ।

अब इयूभन्दा बाहिरबाट आउनेहरुले आफ्नो उडानभन्दा ७२ घण्टा अघिसम्म कोरोनाभाइरसको संक्रमणको परीक्षण गर्नुपर्नेछ र नेगेटिभ भएपछि मात्रै उनीहरुलाई फ्रान्समा प्रवेश गर्न दिइने छ।

फ्रान्स प्रवेश गरिसकेपछि उनीहरुले सात दिनसम्म आइसोलेशनमा बस्नु पर्नेछ।

सातौँ दिनमा कोरोना परीक्षण गरिने छ र यदि त्यसमा पनि नेगेटिभ आएपछि मात्रै सामान्य तरिकाले बस्न दिइने छ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)