जनवरी १६, अमेरिका । अमेरिकाको हालै सम्पन्न राष्ट्रपतीको चुनाव प्रचारमा भुटानी र नेपालीहरुको सकृयाता उल्लेखनिय रह्यो । नेपाली भुटानि फर बाइडेन नेशनल काउन्सिल नामको सँस्थाले यो फल गरेको थियो । सो सँस्थाले जो बाइडेनको लागि भोट् माग्न बिभिन्न तरिका अपनाएको थियो । सो मध्य फोन सम्पर्क, घरघरमा गएर ढोका ढक्ढक्याउने, हुलाक मार्फत अनुरोध पत्र पठाउने, मतदाता दर्ता कार्यमा सहजिकरण गर्ने , बुथमा भोट् हाल्न जानेलाई सवारि साधन सुबिधा दिने आदी जस्ता कार्यमा यो टिम सकृय रहेको थियो ।
अमेरिका भरका ३ लाख नेपाली र भुटानी मुलका मतदाताहरुलाई बिभिन्न माध्यम बाट सम्पर्क गरी भोट् मागेका थिए ।जस्का कारण आरिजोनामा बाइडेनले १०४५७ बढी मतले जितेका थिए । सो सँख्या सत प्रतिसत नेपालीको मत रहेको थियो । जर्जियामा ११७७९ मतले बिजयी गराएको थियो , जुन सतप्रतिसत नेपालीको मत थियो । विसकोन्सिनमा २०६८३ मतले जितेका थिए , जस्मध्य ४०% नेपालीहरुको मत थियो । मिसिगनमा १ लाख ५४ हजार, पेसिल्भेनियामा ८१ हजार बढी मतले बिजयी भएका थिए , जसमध्य नेपालीको मत २०% थियो ।
उक्त सँस्थामा सुचना प्रबिधी निर्देशकमा श्रीजन ताम्राकार रहेका छन् । फोन बैन्किङ्गमा क्यालिफोर्निया निवासि सिर्जना ध्वाखा, आइवा निवासि सुरेश बस्नेत र मीरा बस्नेत, मेरिल्याण्ड निवासि होमराज आचार्य खटिएका थिए ।
१०० भन्दा बढी चुनावी प्रचारकहरु थिए भने १००० भन्दा बढी स्वयम सेवकहरु सहयोगमा खटिएका थिए ।
डा. श्याम कार्की अध्यक्ष र तरुण पौडेल सचिब रहेको सो सँस्थामा एसियन अमेरिकन र प्यासिफिक आईल्याण्डर आयोगका राष्ट्रिय प्रमुख बेल लियोङ्ग होन्ङ , मेरिल्याण्ड प्रमुख देवान शाह , भर्जिनिया प्रमुख प्रवीन मेयान सल्लाहाकार रहेका थिए ।
जो बाईडेनको समर्थनमा अगष्ट १२, २०२० मा पदम विश्वकर्माको सँयोजकत्वमा कवी गोष्टी सँचालन गरिएको थियो । उक्त कवी गोस्टीमा डा. श्याम कार्की, पदम विश्वकर्मा, राम लामा अविनाशी, सुदिपभद्र खनाल ,महेश्वर पन्त, कृष्ण गिरी , उर्मिला निर्दोषी,अग्नी पराजुली,आनद श्रेष्ठ, सतिश त्रिपाठी, सर्बज्ञ वाग्ले , दीपा राई पुन ,राजेन्द्र श्रेष्ठ, पवन लामिछने, नेत्र आचार्य ,मणी धिमाल, विमला निरौला , तीर्थ राज अधिकारी, सकुन्तला ज्ञवाली,नारायण अधिकारी, दीलु चौलागाईँ , बासुदेव खनाल आदीले कविता बाचन् गरेका थिए ।
