सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

वाइडेनको शपथ ग्रहणका लागी सम्पूर्ण राज्यमा उच्च सतर्कता


  • माउन्टेन खबर
  • आइतवार, माघ ४, २०७७
  • 507
    SHARES

४ माघ ,काठमाडौं। राष्ट्रपति पदका लागी शपथ ग्रहण गर्नुअघि हिंसा फैलनसक्ने भन्दै अमेरिकाका नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो वाइडेनले सबै राज्यमा उच्च सतर्कता अपनाउन सुझाव दिनुभएको छ।

गत ६ जनवरीमा अमेरिकी संसद क्यापिटल हिलमा भएको हिंसा जस्तै ट्रम्पका समर्थकहरुले फैलाउन सक्ने आशंका रहेकाले देशभर सुरक्षा सतर्कता अपनाइएको हो।

एफबीआईले सबै ५० राज्यका राजधानीमा ट्रम्प समर्थक प्रदर्शनकारीहरुले सशस्त्र मार्च गर्न सक्ने चेतावनी जारी गरेको छ ।

देशभरबाट नेशनल गार्डको टोलीलाई राजधानी वाशिङ्टन डिसीमा पठाइएको छ । डिसीमा नेशनल मलहरुलाई बन्द गरिएको छ भने कडा सुरक्षाका बीच राजधानीका सडकमा बारहरु लगाइएको छ ।

मेरिल्याण्ड, न्यू मेक्सिको, युटा लगायतका राज्यमा सम्भावित विरोध प्रदर्शनलाई मध्यनजर गरी पहिलेदेखि नै आपतकालको स्थिति घोषणा गरिएको छ । क्यालिफोर्निया, पेन्सलभेनिया, मिशिगन, भर्जिनिया, वाशिङ्टन र विस्कोन्सिन राज्यहरुले आफ्ना नेशनल गार्डस्लाई सक्रिय बनाएका छन् ।

रिपब्लिकन नेता डोनाल्ड ट्रम्पलाई हराउँदै जो बाइडन अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो । उहाँले यही जनवरी २० (माघ ७ गते) शपथ ग्रहण गर्दैहुनुहुन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)