सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भारतमा १ लाख ९१ हजार बढीलाई कोरोनाविरुद्धको खोप लगाइयो


  • माउन्टेन खबर
  • आइतवार, माघ ४, २०७७
  • 749
    SHARES

४ माघ,नयाँदिल्ली। भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले पहिलो चरणको कोरोनाको खोप अभियान अन्तर्गत पहिलो दिन एक लाख ९१ हजारभन्दा बढीलाई कोभिड–१९ को भ्याक्सिन दिइएको जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार खोप अभियानको पहिलो दिन ३,३५१ सेसन भए जसमा ‘कोभ्याक्सिन’ र ‘कोभिशिल्ड’ दुबै भ्याक्सिनको प्रयोग गरिएको हो।

मन्त्रालयले खोप लगाएपछि कसैलाई पनि अस्पताल भर्ना गर्न आवश्यक नपरेको दाबी गरेको छ । यद्यपि, दिल्लीमा कोरोना भ्याक्सिन लगाएपछि केही मानिसहरुमा एलर्जीको लक्षण देखिएको छ ।

मिडिया रिपोर्ट अनुसार खोपको साइडइफेक्ट देखिएका मानिसहरुलाई स्थानीय प्रशासनको निगरानीमा राखिएको छ ।

केन्द्र सरकारको योजना अनुसार महामारीविरुद्ध अग्रपंतीमा रहेर काम गर्ने सरसफाईकर्मी, डाक्टर र नर्सलाई सुरुमा कोरोना भ्याक्सिन दिइएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)