सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अमेरिकाको लस एन्जलसको पशुपतिनाथ तथा बुद्ध मन्दिरमा नयाँ व्यवस्थापन बोर्ड गठन


  • माउन्टेन खबर
  • सोमवार, माघ ५, २०७७
  • 884
    SHARES

जनवरी १५, अमेरिका । अमेरिकाको लस एन्जलसको पशुपतिनाथ तथा बुद्ध मन्दिरमा नयाँ व्यवस्थापन बोर्ड गठन भएको छ । मन्दिर स्थापना भएको ३ कार्यकाल सम्म श्री पशुपतिनाथ फाउण्डेसनको बोर्डले मन्दिर सँचालन गर्दै आएको थियो । तर केही महिना पहिला मात्र मन्दिर सँचालनको सँरचनामा परिवर्तन गरिएको थियो । सोही अनुरुप २५ सय डलर भन्दा बढि चन्दा दिएका दाताहरुलाई आजीवन सदश्य र ७ हजार ७ सय ७७ डलर ७७ सेण्ट दान गर्ने दाताहरुलाई बोर्ड अफ ट्रष्टी बनाईएको थियो भने ५० हजार डलर भन्दा माथि चन्दा दान गारेका दाताहरुलाई सम्मान स्वरुप प्याटर्नको दर्जामा राखिएको थियो ।

दैनिक कार्य सुचारु गर्न सहज् होस् भनि अहिले यो व्यवस्थापन बोर्डको गठन गरिएको हो । सो बोर्डमा अध्यक्ष: मुकुन्द ढुंगाना ,उपाध्यक्ष: बिमल श्रेष्ठ, नीरा पाण्डे, डिली थापा, राजेश पाण्डे, नेत्र मैनाली रहेका छन् । सचिबमा रामेश्वर भण्डारी, सहसचिबमा एकदेव शर्मा . कोषाध्यक्षमा भिम ढकाल, सह कोषाध्यक्षमा कोषराज थपलिया रहेका छन् । सदश्यहरुमा रामबाबु पाण्डे,लालमती बस्नेत कार्की ,शुसिल चौगाईँ,नविन पोखरेल, केशर भण्डारी,चन्द्र शिवाकोटी रहेका छन् ।

उपाध्यक्षका उमेद्वार द्वय डिल्ली थापा र ज्ञानेन्द्र गुरुङ्गको बिच भएको निर्वाचनमा डिल्ली थापाले १८ मत बढि ल्याएर विजयी भए भने अर्का उपाध्यक्षकै उमेद्वार द्वय राजेश पाण्डे र रामचन्द्र लामिछानेको बिच भएको निर्वाचनमा राजेश पाण्डे पनि १८ मतको अन्तरले विजयी घोषणा भएका छन् । अन्य सबैपदहरु भने सर्वसम्मत बाटै पारीत भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)