सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बाटोमा सुतिरहेका कामदारमाथि ट्रक कुदाउँदा १५ जनाको मृत्यु


  • माउन्टेन खबर
  • मङ्लबार, माघ ६, २०७७
  • 518
    SHARES

६ माघ,गुजरात । बाटोको पेटीमा सुतेका आप्रवासी कामदारमाथि ट्रक चल्दा १५ जनाको ज्यान गएको छ।

गुजरातको सुरत जिल्लामा मंगलबार बिहान बाटोको छेउमा सुतिरहेका आप्रवासी कामदारमाथि तीव्र गतिको ट्रक कुदाउँदा १५ जना आप्रवासी कामदारको ज्यान गएको स्थानीय प्रहरीले जनाएको छ।

किम–माण्डवी सडकको छेउमा सुतेका कामदारमाथि ट्रक चलेको हो । १२ जनाको घटनास्थलमै ज्यान गएको हो भने तीनजनाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

अरु पाँचजनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)