सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

आप्रवासी नीतिमा परिमार्जन गर्न अमेरिकालाई मेक्सिकोको आग्रह


  • माउन्टेन खबर
  • मङ्लबार, माघ ६, २०७७
  • 313
    SHARES

६ माघ, काठमाडौं । मेक्सिकोका राष्ट्रपति आन्द्रेस म्यानुएल लोपेज ओब्राडोरले अमेरिकासँग आप्रवासी नीतिलाई परिमार्जन गर्न सुझाव दिनुभएको छ।

प्रहरीले छिमेकी देश ग्वाटेमालामा मध्य अमेरिकी देशका हजारौँ आप्रवासीलाई रोकेकाले राष्ट्रपति लोपेजले आप्रवासी नीतिमा परिमार्जन गर्नुपर्ने आग्रह गर्नुभएको हो।

आप्रवासीका समस्या समाधानलाई लिएर अमेरिकाको राष्ट्रपतिमा नव निर्वाचित जो बाइडेनले मेक्सिको तथा अन्य देशहरुसँग सहकार्य गर्ने आशा राखेको
लोपेजले बताउनुभयो।

झन्डै सात हजार आप्रवासी मेक्सिको हुँदै अमेरिका प्रवेश गर्ने लक्ष्यसहित ग्वाटेमाला पुगेका उनीहरुलाई प्रहरीले रोकेको छ।

हरेक वर्ष मध्य अमेरिकी देशबाट दशौँ हजार आप्रवासी पैदल यात्रा गरेर अमेरिका प्रवेशको प्रयास गर्छन्। आप्रवासीको यो समूहलाई ‘काराभान’ का रुपमा चिनिन्छ।

अवैध रुपमा सीमा पारका गतिविधि रोकिनु पर्नेमा जोड दिएपनि लोपेजले सबै आप्रवासीको अधिकारको भने सम्मान गरिनु पर्ने बताउनुभएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)