सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

ट्रम्पको बिदाइ सम्बोधन: ‘हामीले थालेको आन्दोलन बल्ल सुरु हुँदैछ’


  • वीवीसी
  • बुधबार, माघ ७, २०७७
  • 468
    SHARES

आफ्नो कार्यकालको अन्तिम दिन अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ह्वाइट हाउसबाट बिदाइ सम्बोधन गरेका छन्।

हाल व्यक्तिगत सामाजिक सञ्जाल प्रयोग गर्नबाट वञ्चित ट्रम्पले छोटो भिडिओ सम्बोधनमा आफ्नो प्रशासनको बचाउ गर्दै थोरै मेलमिलापको आशय झल्कने बयान दिएका छन्।

“अमेरिका कातर आत्माहरूको कातर राष्ट्र होइन जसलाई उनीहरूले विमति राख्नेबाट जोगाउन वा सुरक्षित पार्नुपर्छ,” उनले भने।

“हामी सदा सबै संसारका निम्ति आशा, प्रकाश तथा गौरवको भूमि हौँ र रहनुपर्छ।”

नयाँ प्रशासनबारे बोल्दै उनले भने, “हामी (नयाँ प्रशासन)ले अमेरिकालाई सुरक्षित र सम्पन्न तुल्याइराख्नमा सफल होस् भनेर कामना गर्छौँ।”

उनले बिदाइ सम्बोधनमा बोलेका मुख्य विषय यसप्रकार छन्:

  • आफ्नो प्रशासनको उपलब्धिबारे: “हामी यहाँ जे गर्न भनेर आएका थियौँ हामीले त्यो गर्‍यौँ र अझ धेरै गर्‍यौँ। सबभन्दा मुख्य कुरा हामीले अमेरिकामा सरकार जनताप्रति जबाफदेही हुन्छ भन्ने पवित्र मान्यता पुनर्स्थापित गर्‍यौँ।”
  • घरेलु नीतिबारे: “हाम्रा एजेन्डा दक्षिणपन्थी वा वामपन्थी थिएन। त्यो रिपब्लिकन वा डेमोक्र्याट पनि थिएन। बरु सम्पूर्ण राष्ट्रका निम्ति जे सही हुन्छ त्यही थियो।”
  • विदेश नीतिबारे: “हामीले हाम्रा सहयोगी गठबन्धन तथा राष्ट्रहरूलाई अभूतपूर्व ढङ्गले चीनको सामना गर्न सहयोग गर्‍यौँ। हाम्रो बलियो कूटनीति एवं सिद्धान्तनिष्ठ यथार्थवादका कारण हामीले मध्यपूर्वमा ऐतिहासिक शान्ति सम्झताहरू गर्न सक्यौँ…खासगरि कुनै नयाँ युद्ध नछेडेको पहिलो राष्ट्रपति बन्न पाएकामा म एकदमै गौरवान्वित छु।”
  • क्यापिटल दङ्गाबारे: “राजनीतिक हिंसा भनेको अमेरिकीका रूपमा हामीले गौरव गर्ने सबै चीजमाथिको आक्रमण हो। त्यसलाई कहिल्यै पनि सहन सकिन्न।”
  • आफ्नो विरासतबारे: “अहिले जब म बुधवार नयाँ प्रशासनलाई सत्ताको बागडोर सुम्पँदैछु, म चाहन्छु कि तपाइँहरूले बुझ्नुहोस् हामीले थालेको आन्दोलन बल्ल सुरु हुँदैछ।”वीवीसी

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)