७ माघ, वासिंटन। आजदेखि अमेरिकी राष्ट्रपतिको कार्यकाल सकिन लागेका डोनाल्ड ट्रम्पले नयाँ पार्टी खोल्नेबारे छलफल थाल्नुभएको छ।
अमेरिकी समाचार पत्र द वाल स्ट्रिट जर्नलले स्रोतहरूलाई उद्धृत गर्दै ह्वाइट हाउस छोडेपछि पनि आफ्नो प्रभाव कायम राख्न ट्रम्पले नयाँ पार्टी खोल्ने योजना बनाउनुभएको हो।
गत साता ट्रम्पले आफ्ना सहयोगी र निकटहरूसँग यसबारे कुरा गरेको समाचारमा उल्लेख छ। ट्रम्पले नयाँ पार्टीको नाम ‘प्याट्रिइट पार्टी’ राख्न चाहेको बताइएको छ।
तर नयाँ पार्टी खोल्न लागेकोबारे ट्रम्पको सचिवालयले भने कुनै प्रतिक्रिया दिएको छैन।
यसैबीच ट्रम्पले स्थानीय समयअनुसार बुधबार बिहान ८ बजे ह्वाइटहाउस छोड्ने बताइएको छ।
