सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अमेरिकी राष्ट्रपति निर्वाचन

अमेरिकाको ४६औं राष्ट्रपतिका रूपमा जो वाइडे‍नले शपथ ग्रहण गरे

कार्यभार सम्हालेको केही घण्टाभित्रै उनले जारी गरेका कार्यकारी आदेशमध्ये कतिपयले ट्रम्प प्रशासनको नीति उल्ट्याइदिएको छ


  • माउन्टेन खबर
  • बुधबार, माघ ७, २०७७
  • 938
    SHARES

जनवरी २० अमेरिका । अमेरिकाको ४६औं राष्ट्रपतिका रूपमा जाे वाइडे‍नले शपथ ग्रहण गरेका छन्। अमेरिकाको राष्ट्रपति पदमा बिजयी भएका डेमोक्र्याटिक दलका जो बाइडेनले उद्घाटन तथा सपथग्रहण लिदै ४६ औ अमेरिकी राष्ट्रपति भएका छन् । बाइडेनले सपथ लिनु अगाडी निर्वाचित उपराष्ट्रपति कमला ह्यारिसले सपथ लिएकी थिइन् ।

अमेरिकी प्राथमिक चुनावमा लगभग डेमोक्र्याटिक दलकै उनका आफ्नै साथीहरुसंग लगभग हारी सकेका बाइडेनलाई साउथ क्यारोलाइनाले साथ दिए पछि उनि ४६ औ राष्ट्रपति बन्ने सौभाग्य पाएका हुन् ।

उनलाई बर्नी स्यानडर्स,कमला ह्यारिस ,एलिजावेथ वारेन लगायत संग बहसमा पनि पछाडी परेका बाइडेनलाई साउथ क्यारोलाइनाले जिताए पछि उनले पछि फर्केर हेर्नु परेन र अन्तत्वगत्वा अमेरिकाको ४६ औ राष्ट्रपति बन्न कसैले रोक्न सकेन ।

गत जनवरी ६ का दिन बाइडेनलाई राष्ट्रपति हुन् नदिन ट्रम्पका समर्थकहरुले सदनमा दंगा गरेका थिए जसको कारण ५ जनाको मृत्यु भएको थियो ।

बाइडेनले रिपब्लिकनदलका राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पलाई हराएका थिए । अत्यन्तै प्रतिस्प्रद्धा रहेको चुनावमा भूतपूर्व राष्ट्रपति ट्रम्पले विवादै विवाद ,लफडा र अनेक तिकडम गरेका कारण ४६ औ राष्ट्रपति बन्न उनलाई निकै अप्ठारो अवस्थाको सामना गर्नु पर्यो ।

उनलाई भूतपूर्व राष्ट्रपति ट्रम्पले बधाई दिएनन र अहिले सम्म पनि बिजयी भएको भनि एक शब्द पनि बाहिर निकालेका छैनन । चुनाव धाधली र चोरी गरि बिजयी भएको भन्दै आरोप लगाई गलत सूचना दिई रहेका ट्रम्प अहिले बिहान जनवरी २० बुधबारका दिन फ्लोरिडा उडेका छन् ।

अमेरिकाको १५२ बर्षको ईतिहासमा आफ्ना उत्तराधिकारीलाई निमन्त्रणा नदिई र स्वागत नगरी ट्रम्प मेलानिया ट्रम्पको साथ फ्लोरिडा उडेका छन् ।उनि अब भूतपूर्व राष्ट्रपति भएका छन् ।

४ दशक देखि अमेरिकी राजनीतिमा संलग्न र लामो समय सम्म सिनेटर भएर काम गरेका बाइडेन अमेरिकी पूर्व राष्ट्रपति बराक ओबामाका उपराष्ट्रपति भै ८ बर्ष व्हाइट हाउसमा काम गरि सकेका छन् ।

यसै गरि क्यालिफोर्नियाकी सिनेटर कमला ह्यारिसलाई उप राष्ट्रपतिको उम्मेदवारमा नियुक्ति गरे पछि बाइडेनलाई थप सहयोग र समर्थन हुँदा उनको ऐतिहासिक बिजयी हासिल हुन् सम्भव भएको थियो ।

अमेरिकामा ज्यादा मत ल्याएर मात्र बिजयी नहुने हुँदा राष्ट्रपतिमा निर्वाचित हुन आवश्यक पर्ने २७० निर्वाचकीय मत(इलेकटोरल मत )चाहिने हुँदा बाइडेनले ३०६ निर्वाचकीय मत प्राप्त गरि ४६ औ अमेरिकी राष्ट्रपति हुन् सफल भएका हुन् ।

बाइडेनले ट्रम्पको थप ४ बर्ष राष्ट्रपति र दोश्रो कार्यकालको लागि व्हाइट हाउसमा शासन गर्ने सपनालाई तगारो लगाउन सफल भए ।

४० बर्ष देखि राजनैतिक पेशामा संलग्न जो बाइडेनलाई अमेरिकी जनताले पत्याई उनलाई बिजयी गराएका हुन् । निर्वाचन अघि गरिएका सबै मत सर्वेक्षणहरुमा बाइडेन नै अगाडी भएको र उनले जित्ने भनि गरिएको भबिष्यवाणी यसपटक सत्यमा परिणत भएको छ । अमेरिकी मतदाताहरुले संचारमाध्यमहरुले गरेका सर्वेक्षणहरु प्रति मतदाताहरुले बिश्वास गरेका छन् ।

व्हाइटहाउस छोड्ने समयमा सन् २०१६ देखि नै विवादै विवादमा मुसिएका ट्रम्पलाई अमेरिकी ईतिहास मै दुई पटक महाअभियोग लगाईएको छ । उनि पदमा नरहेता पनि सिनेटमा बहस सपथ ग्रहण पछि सुरु हुनेछ ।

बाइडेनको बिजयीसंगै अमेरिकी तल्लो सदन र माथिल्लो सदन सिनेटमा डेमोक्र्याटिकको बहुमत भएको छ । बाइडेनले कुल ८ करोड १२ लाख लोकप्रिय मत प्राप्त गरेका थिए अर्थात् उनले ५१.४ प्रतिसत पपुलर भोट(लोकप्रिय मत )प्राप्त गर्न सफल भएका थिए ।

जो बाइडेनको पुरा नाम जोसेफ रोबिनेट बाइडेन जुनियर जो । उनको जन्म २० नोभेम्बर १९४२ मा भएको हो भने उनि एक सफल अमेरिकी राजनीतिज्ञ हुन् । सन् २००९ देखि सन् २०१७ सम्म ओबामा प्रशासनमा संयुक्त राज्य अमेरिकाको ४७ औँ उपराष्ट्रपतिको रूपमा सेवा गरेका थिए।

उनले डेलावेयरका लागि सन् १९७४ देखि सन् २००९ सम्म सिनेटरको रूपमा काम गरेका थिए । कार्यक्रममा लेडी गागाले अमेरिकी राष्ट्रिय गान बेजोड प्रस्तुति गरेकी थिइन् भने गायिका जेनिफर लोपेजले एक गीत प्रस्तुति गरेकी थिइन् ।

कार्यकालको पहिलो दिन अमेरिकी राष्ट्रपति जो बाइडनले कैयन् कार्यकारी आदेश जारी गर्दै आफ्नो प्रशासनको प्राथमिकता प्रस्ट पार्ने कोसिस गरेका छन्।

कार्यभार सम्हालेको केही घण्टाभित्रै उनले जारी गरेका कार्यकारी आदेशमध्ये कतिपयले ट्रम्प प्रशासनको नीति उल्ट्याइदिएको छ।

  सपथ ग्रहणपश्चात् ह्वाइट हाउस प्रवेश गर्नु अगाडि राष्ट्रपति जो बाइडनले ट्वीटगर्दै   “हामीले सामना गरिरहेको सङ्कटसँग जुझ्ने क्रममा खेर फाल्ने समय हामीसँग छैन,” भनेका थिए।

उनले कोरोनाभाइरस महामारीको सङ्कट सम्बोधनमा सङ्घीय कारबाही तेज गर्ने कार्यकारी आदेशहरू जारी गरेका छन्।

उनले जारी गरेका अन्य आदेशहरूले चाहिँ विगतमा ट्रम्प प्रशासनले जलवायु परिवर्तन, आप्रवासन तथा जातिय सम्बन्धबारे अख्तियार गरेका नीति उल्ट्याइदिनेछ।

कार्यकारी आदेश जारी गरिएको वक्तव्यमा भनिएको छ ती आदेशहरूमार्फत् राष्ट्रपति बाइडनले ‘ट्रम्प प्रशासनले पुर्‍याएको क्षति उल्ट्याउने मात्र नभइ देशलाई अघि बढाउने छन्।’

राष्ट्रपति बाइडनले जारी गरेका मुख्य आदेश कस्ता छन्?

कोरोनाभाइरस महामारी

चार लाख अमेरिकीहरूको ज्यान लिइसकेको कोरोनाभाइरस महामारीसँग जुझ्ने विभिन्न उपायहरू ती आदेशमा रहेका छन्। तिनका मुख्य बुँदा यसप्रकार छन्:

  • विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)बाट फिर्ता हुने अमेरिकी कार्यको अन्त्य गरिने। भाइरस विज्ञ डा एन्थोनी फाउचीले यसै साता हुने डब्लुएचओको अन्तर्राष्ट्रिय कार्यकारी समितिको बैठकमा अमेरिकाको प्रतिनिधित्व गर्दै भाग लिने।
  • कोभिडको राष्ट्रिय सम्बोधन गर्ने कार्य केन्द्रीकृत गर्दै सुरक्षा सामग्री, खोप तथा परीक्षण सामग्रीको वितरणमा समन्वय बढाउने
  • सबै सङ्घीय परिसरमा मास्क तथा दूरीको नियम पालना गरिने।
  • आगामी १०० दिनसम्म मास्क लगाइरहन मानिसहरूलाई आग्रह गर्नेगरि १०० दिने मास्क चुनौती अभियान थालनी गरिने।

जलवायु सङ्कट

वातावरणसम्बन्धी कतिपय ट्रम्प प्रशासनका नीतिहरू बाइडनले उल्ट्याउन चाहेका छन्। त्यसको निम्ति उनको आदेशमा भनिएको छ:

  • सन् २०१५ मा हस्ताक्षर गरिएको प्यारिस जलवायु सम्झौतामा अमेरिका पुन: सामेल हुने।
  • विवादास्पद किस्टोन एक्सएल पाइपलाइन निर्माण रद्द। वातावरणवादी तथा अमेरिकी आदिवासीहरूले उक्त परियोजनाको दशकौँदेखि विरोध गर्दै आएका थिए।

आप्रवासन

आप्रवासनको विषयमा उनको आदेशमार्फत बाइडनले दुई प्रमुख निर्णय गरेका छन्:

  • ट्रम्पले लागु गरेको तथाकथित मुस्लिम प्रतिबन्ध अन्तर्गत केही मुस्लिम बहुल देशबाट यात्रामा लगाइएको प्रतिबन्ध फुकुवा
  • मेक्सिकोसँगको सिमानामा पर्खाल निर्माणकार्य बन्द।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)