सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज,कोलोराडो द्धारा नयाँ कार्यसमिति चयनका लागि निर्वाचन समिति गठन


  • माउन्टेन खबर
  • बिहिबार, माघ ८, २०७७
  • 607
    SHARES

जनवरी २० अमेरिका । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज,कोलोराडो शाखा द्धारा शाखाको नयाँ कार्यसमिति चयनका लागि निर्वाचन समिति गठन गरेको छ।शाखाको विधान,२०१२ (पहिलो संशोधन २०२०) अनुसार कार्यसमितिको निर्वाचन सम्पन्न गर्न वर्तमान कार्यसमितिले रक्की माउन्टेन फ्रेण्डस अफ नेपाल र एएनएका पूर्व अध्यक्ष नबीनदत्तको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको छ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज,कोलोराडो शाखाकी अध्यक्ष तारा अधिकारीद्धारा प्रेषित जानकारी अनुसार समितिका अन्य सदस्यहरुमा समाजसेवी डा.संगीता श्रोतिया र ब्लड डोनर्स अफ अमेरिकाका क्षेत्रीय संयोजक भूषणलाल श्रेष्ठ रहेका छन्। निर्वाचन समितिले यही फरवरी २०२१ सम्ममा निर्वाचन गराइसक्ने जनाईएको छ। निर्वाचन समितिले निष्पक्ष,पारदर्शि र प्रजातान्त्रिक ढंगबाट निर्वाचन प्रक्रिया पूरा गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)