९ माघ, भारत। भारतको कर्नाटकमा ट्रकमा बिस्फोट हुँदा ८ जनाको मृत्यु भएको छ ।
मजदुरहरु सवार रहेको सो ट्रक बिहिबार राति दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या ८ रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
कम्तिमा पनि ५० डाइनामाइट ब्लाष्ट भएको त्यहाँका स्थानीयहरुले दाबी गरेका छन्। जसका कारण आसपासका घरका शिशा समेत फुटेका छन्। उक्त विष्फोटको गन्ध भने ८ देखि १० किलोमिटरसम्म महसूस भएको थियो। शिवमोगा कर्नाटकको मुख्यमन्त्री बीएस येदियुरप्पाको गृहजिल्ला हो।
विष्फोटपछि फैलिएको गन्ध र अँध्यारो भएका कारण उद्धारको काम प्रभावकारी हुन नसकेको बीबीसीले जनाएको छ ।
सो स्थानमा विष्फोटक पदार्थहरु भएको हुनसक्ने आशंकामा बम डिस्पोजल टोली पनि झिकाइएको छ । साथै प्रहरीले घटनास्थल वरपरको क्षेत्र नियन्त्रणमा लिएको छ ।
