सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भारतमा १९ बर्षिया युवती बनिन् एकदिनका लागि मुख्यमन्त्री


  • माउन्टेन खबर
  • आइतवार, माघ ११, २०७७
  • 376
    SHARES

११ माघ, काठमाडौं । भारतको उत्तराखण्डमा आज एक दिनका लागि १९ वर्षीया किशोरी मुख्यमन्त्री बन्दैछिन् ।

२४ जनवरी राष्ट्रिय बाल दिवसको अवसर पारेर हरिद्वार जिल्लाको दौलतपुर गाउँकी सृष्टि गोस्वामीलाई उत्तराखण्ड सरकारले नै एक दिनको मुख्यमन्त्री बनाउन लागेको हो।

एकदिनका लागि भएपनि मुख्यमन्त्री बनेकी उनी उत्तराखण्डको पहिलो महिला मुख्यमन्त्री हुन । उनी बाल विधानसभामा मुख्यमन्त्रीको रुपमा सहभागी हुनेछिन् र सरकारका अलग–अलग विभागले आयोजना गर्ने कार्यक्रममा पनि सहभागी हुनेछिन् । सो अवसरमा विभागका अधिकारीहरुले आफ्नो कामबारे ब्रिफिङ गर्नेछन् भने त्यसमा एक दिनको मुख्यमन्त्री सृष्टिले सुझाव दिनेछिन् ।

बालिकाहरुको सशक्तीकरणका लागि जागरुकता फैलाउनका लागि उनलाई एकदिनका लागि मुख्यमन्त्री बनाइएको हो

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)