सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अमेरिका र बेलायतको सम्बन्ध थप प्रगाढ बनाउन वाइडेन र बोरिसबीच सहमति


  • माउन्टेन खबर
  • आइतवार, माघ ११, २०७७
  • 522
    SHARES

११ माघ, लन्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच जलवायु परिवर्तनका मुद्दाहरुको सम्बोधनका लागि दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन सहमति भएको छ ।

बेलायती प्रधानमन्त्री र अमेरिकी राष्ट्रपतिविच आइतबार भएको पहिलो फोनवार्तामा दुई देशको सम्बन्ध स्थापित गर्नका लागि सहमति जुटेको हो।

प्रधानमन्त्री जोन्सनले बाइडेनले अमेरिकी राष्ट्रपतिको पद सम्हालेकामा बधाई दिँदै दुबै देशबीचको प्रगाढ सम्बन्धलाई थप उचाईमा पु–याउन कुनै कसर बाँकी नराखिने बताउनु भएको छ ।

फोनवार्ताका क्रममा प्रधानमन्त्री जोन्सनले दुई देशबीचको व्यापार विषयमा उत्पन्न गतिरोध जतिसक्दो चाँडो समाधान हुने विश्वास व्यक्त गर्नुभएको थियो ।

प्रधानमन्त्री जोन्सनले जलवायु सम्बन्धी पेरिस सम्झौता र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) मा अमेरिकाको पुनः प्रवेशका लागि बाइडेनले लिनुभएको निर्णय निकै सकारात्मक भन्दै प्रशंसा पनि गर्नु भयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)