काठमाडौं, १३ माघ । देशभरका टुर गाईडहरुको छाता संगठन टुरिष्ट गाईड एशोसिएसन अफ नेपाल (टुर्गान) मा नयाँ नेतृत्व चयन गरिएको छ। हिजो आयोजित संघको २७ औं वार्षिक साधारण सभाले सर्वसम्मतिमा बद्री नेपालको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
अध्यक्ष नेपाल निवर्तमान कार्यसमितिमा महासचिव थिए । नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा थानेश्वर देवकोटा, प्रथम उपाध्यक्षमा प्रभालक्ष्मी प्रधानाङ्ग, द्वितिय उपाध्यक्षमा शुकदेव सिग्देल, महासचिवमा कुमारी पुरी, सचिवमा अजय कुमार दाहाल र कोषाध्यक्षमा राजेन्द्र मानन्धर छन्। त्यस्तै कार्यसमिति सदस्यहरुमा दीपक गिरी, कृष्ण खरेल, माधव राज श्रेष्ठ, नारायण बुढाथोकी, रेहित कुमार फुँयाल र टंक प्रसाद दुवाडी चयन भएका छन् ।
सोहि कार्यक्रममा पर्यटन विकासमा उलेख्य योगदान गरेका व्यक्तित्वहरुलाई सम्मानसमेत गरिएको थियो । सम्मानित हुनेहरुमा व्यवसायी सतेन्द्र काजी श्रेष्ठ, रविन धरेल, सूर्यदिप श्रृेष्ठ, सुरेन्द्र लोहनी, बसन्त बहादुर श्रेष्ठ, महेन्द्र कुमार श्रेष्ठ, रमेश खतिवडा, उत्तरा मानन्धर, यादव खतिवडा, अनाल शर्मा डंगोल र शंकर भट्टराई लगायत रहेका छन् ।
