सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बाइडेन र पुटिनबीच फोनवार्ता


  • माउन्टेन खबर
  • बुधबार, माघ १४, २०७७
  • 804
    SHARES

१४ माघ, काठमाडौं। अमेरिकी राष्ट्रपति जो बाइडन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच पहिलोपटक टेलिफोन वार्ता भएको छ ।

राष्ट्रपतिमा निर्वाचित भएपछि पहिलोपटक भएको फोनवार्तामा बाइडनले रुसी राष्ट्रपति पुटिनलाई निर्वाचनमा भएको हस्तक्षेपका विषयमा चेतावनी दिनुभएको ह्वाइट हाउसले जनाएको छ ।

वार्तामा रुसमा जारी विपक्षी दलको प्रदर्शन र अमेरिका रुस आणविक हतियार सन्धि विस्तार लगायतका विषयमा छलफल भएको बताइएको छ ।

रुसी राष्ट्रपति पुटिनले बाइडनलाई औपचारिक रुपमा बधाई दिनुका साथै दुबैजना आपसी सम्पर्कमा रहन सहमत भएका छन् ।

अमेरिकी गुप्तचर निकायका अधिकारीहरुले थुप्रै अमेरिकी ह्याकमा रुसको हात रहेको जनाएका छन् ।।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)