सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

यात्रुबाहक बसमा आगलागी हुँदा क्यामरुनमा ५३ जनाको मृत्यु


  • माउन्टेन खबर
  • बिहिबार, माघ १५, २०७७
  • 408
    SHARES

 १५ माघ, काठमाडौं । यात्रुवाहक बसमा आगलागी हुँदा क्यामरुनमा बुधबार कम्तीमा ५३ जनाको मृत्यु भएको छ।

पेट्रोलियम पदार्थ बोकेको ट्याङ्करसँग ठोकिएर बसमा समेत आगलागी भएको अधिकारीहरूले जनाएका छन्।

‘दुर्घटनामा परी मृत्यु भएकाहरूको शव जलेको अवस्थामा रहेको छ, उनीहरूको पहिचान गर्न सकिएको छैन,’ स्थानीय गभर्नर अवा फोङ्का औगस्टीनले भने।

स्थानीय समयअनुसार दिउँसो ३ः३० बजे दुर्घटना भएको अधिकारीहरूले जनाएका छन्। दुर्घटनामा परेको बसमा ७० सिट रहेको थियो।

देशको मध्यपश्चिमी क्षेत्रमा पर्ने क्लिफ अफ डिस्चाङ भन्ने ठाउँमा दुर्घटना भएको समाचारमा जनाइएको छ।

सरकारी अधिकारीहरूले घटनाका बारेमा अनुसन्धान भइरहेको जानकारी दिएका छन्। प्रारम्भिक विवरणअनुसार पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्याङ्करका चालकले नियन्त्रण गुमाएकाले दुर्घटना भएको देखिएको छ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)