सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

चिनियाँ कम्युनिष्ट पार्टीका पूर्व उपाध्यक्ष घुस लिएको आरोपमा पक्राउ


  • माउन्टेन खबर
  • बिहिबार, माघ १५, २०७७
  • 367
    SHARES

१५ माघ, हेनान । चीनको हेनान प्रान्तमा चिनियाँ कम्युनिष्ट पार्टीको प्रान्तीय किमिटीका पूर्व उपाध्यक्ष एवं पार्टीका वरिष्ट सदस्य वाङ योङलाई घुस लिएको आरोपमा पक्राउ गरिएको छ । चिनियाँ कम्युनिष्ट पार्टीको राजनीतिक परामर्श समितिका सदस्य समेत रहेका वाङलाई चिनियाँ सर्वोच्च जनपरिषदले पक्राउ गर्ने निर्णय गरेको थियो ।

जनपरिषदका अनुसार राष्ट्रिय निरीक्षण आयोगले गरेको अनुसन्धानबाट वाङ घुसखोरीमा संलग्न रहेको सम्भावना देखिएको जनाउँदै फौजदारी अनुसन्धान गर्न र अन्य आवश्यक कारबाही गर्न सिफारिस गरेको थियो ।

वाङलाई यसअघि नै चिनियाँ कम्युनिष्ट पार्टीबाट निश्कासन गरिएको र पार्टी अनुशासन एवं कानुनको गम्भीर उल्लंघनको आरोपमा जिम्मेवारीबाट हटाइसकिएको छ ।उक्त मुद्दाको थप कारबाही अघि बढाइएको पनि जनपरिषदले बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)