काठमाडौं, १६ माघ । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिका सदस्य ज्योत्सना श्रेष्ठकोे सभापतित्वमा गठित पर्यटन तथा हवाई उड्डयन समिति विस्तार गरिएको छ। समितिका सह–सभापतिमा नाटाका अध्यक्ष अच्युत गुरागाईं, नेपाल टुरिजम वोर्डकी निर्देशक नन्दिनी लाहे थापा र टानका अध्यक्ष खुमबहादुर सुवेदी चुनिएका छन् ।
समितिका सदस्यहरूमा महासंघको कार्यकारिणी समितिका सदस्य पुष्पराज कुंवर, नेपाल वायूसेवा निगमका निर्देशक जनकराज कालाखेती, आइएमई ट्राभलसका प्रमुख कार्यकारि अधिकृत रुद्र प्रसाद सापकोटा(बिनोद) ¥याडीशन होटलका महाप्रवन्धक अनिलदास श्रेष्ठ र पाटाका अध्यक्ष विभुती चन्द ठाकूर छन् ।
यस्तै समितिका सल्लाहकारहरुमा डोल्मा कन्सलटेन्सीका हेड अफ प्राक्टिस टुरिजम उपल मजुमदार र महासंघको कार्यकारिणी समितिका पूर्व सदस्य रामशरण थपलिया छन्् ।
त्यसैगरी समितिमा आमन्त्रित सदस्यहरुमा मेरियट होटलका निर्देशक गौरव अग्रवाल, कतार एयर लाइन्सका देशिय निर्देशक मोहमद इमाम, यति एयरलाइन्सका प्रमुख कार्यकारि अधिकृत अनोज रिमाल, डोल्पा उद्योग वाणिज्य संघका कार्यकारिणी सदस्य जितेन्द्र झांक्री, होटल स्नेहाका महाप्रवन्धक देवांश राणा, होटल व्यवसायी महासंघका निवर्तमान अध्यक्ष अम्रित भुजेल, ललितपुर उद्योग वाणिज्य संघका कार्यकारिणी सदस्य अपुलाल अवाले, वुद्ध रिजेन्सी प्रा.लि.का प्रवन्ध निर्देशक नरेन्द्र गुप्ता, अर्जुन ज्वेलरीका मोहन शाह, जुम्ला उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुरीचन्द्र देवकोटा, होटल मेची क्राउनका साम्राज्यमान श्रेष्ठ, होटल एसोसिएसन नेपालका प्रथम उपाध्यक्ष विनायक शाह, अलफ्ट ठमेलका निर्देशक निश्चल प्रधान, कुरियर सर्भिस एसोसिएनका उपाध्यक्ष दूर्गा प्रसाद सुवेदी र होटल इस्टर्नका भवेश श्रेष्ठ रहेका छन् ।
