१८ माघ, काठमाडौं । एसियाली क्रिकेट काउन्सिल (एसीसी)को अध्यक्षमा भारतका नागरिक जय शाह मनोनित हुनुभएको छ ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईका सचिव समेत रहेका जय शाह एसीसीको नयाँ अध्यक्ष नियक्त भएको एसीसीले जनाएको हो।
नेपाल क्रिकेट संघले शाहको सफल कार्यकालको लागि शुभकामना समेत दिएको छ ।
शाह उक्त पदमा पुग्ने सबैभन्दा कम उमेरका समेत भएको एसीसीले जनाएको छ ।
