सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

म्यानमारकी प्रजातन्त्रवादी नेतृ सुकी पक्राउ


  • माउन्टेन खबर
  • सोमवार, माघ १९, २०७७
  • 853
    SHARES

काठमाडौं, १९ माघ।   म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीलाई सेनाले पक्राउ गरेको छ । सेनाले कु गर्न सक्ने अनुमान भएकै बेला नेतृ सुकीलाई आज विहान पक्राउ गरिएको सुकीको पार्टी नेसनल लिग फर डेमोक्रेसीका प्रवक्ताले जानकारी दिएका हुन् ।

गत नोभेम्बरमा भएको संसदीय निर्वाचनमा सुकी नेतृत्वको पार्टीले सरकार गठन गर्नका लागि अत्याधिक बहुमत प्राप्त गरेको भएपनि सेनाले निर्वाचनमा धाधली भएको भन्दै सरकार गठन गर्न दिएको थिएन ।

सेनाको अस्विकृतिपछि त्यहाँ सरकार गठन हुन सकिरहेको थिएन । सुकीको पार्टीले आजै सरकार गठन गर्ने कार्यतालिका बनाएको थियो ।

सेनाले नेतृ सुकीसहित राष्ट्रपति उइन मिन सहितका प्रमुख व्यक्तिलाई पक्राउ गरेपछि राजनीतिक संकट र अन्यौल बढेको समाचार विश्लेषण गरिएको छ । गत आम निर्वाचनमा नेतृको दलले संसदमा ८३ प्रतिशत मत ल्याएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)