सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

म्यानमारमा भएको सैनिक ‘कु’को नेपालद्वारा औपचारिक रूपमा विरोध


  • माउन्टेन खबर
  • मङ्लबार, माघ २०, २०७७
  • 465
    SHARES

काठमाडौ,२० माघ । म्यानमारमा भएको सैनिक ‘कु’को नेपालले औपचारिक रूपमा विरोध  जनाएको छ । सोमबार साँझ परराष्ट्र मन्त्रालयले एक  प्रेस विज्ञप्ति जारी गर्दे  गिरफ्तार गरिएका राष्ट्रपति उ विन मिन्ट तथा स्टेट काउन्सिलर आङ सान सुकी लगायत नेताहरु  लाई तत्काल रिहाइ गर्न  आग्रह गरिएको छ ।

परराष्ट्र मन्त्रालयले म्यानमारमा भएका विकासक्रमलाई नेपालले नजिकबाट नियालिरहेको जनाएको छ । बिज्ञप्तिमा भनिएको  छ –हामी विश्वास गर्छौँ कि म्यानमारका जनताको चाहनालाई सबै पक्षले सम्मान गर्नेछन् अनि लोकतान्त्रिक तथा संवैधानिक प्रक्रिया चाँडै नै  पुनस्थापना हुनेछ ।

मन्त्रालयले  सैनिक नियन्त्रणमा रहेका  राष्ट्रपति मिन्ट तथा स्टेट काउन्सिलर सुकीको सुरक्षाबारे चिन्तासमेत व्यक्त गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)