सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

म्यानमारमा फेब्रुअरी ७ सम्म सामाजिक सञ्जालको प्रयोगमा प्रतिबन्ध


  • माउन्टेन खबर
  • शनिबार, माघ २४, २०७७
  • 460
    SHARES

२४ माघ, म्यानमार । म्यानमार सैनिकले बिहीबारदेखि लागू हुने गरी फेसबुकलगायत सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएको छ।

सरकारलाई ‘कु’ गरी सत्ता हातमा लिएको सेनाले सामाजिक सञ्जालबाट अशान्ति फैलिएको आरोपमा प्रतिबन्ध लगाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

गत सोमबार भएको सैनिक ‘कु’पछि अधिकांश नागरिकले फेसबुककै माध्यमबाट आफ्नो विरोध दर्शाउने गरेका थिए। सूचना तथा सञ्चार मन्त्रालयका अनुसार फेब्रुअरी ७ सम्म फेसबुक चलाउन रोक लगाइएको छ। झन्डै साढे ५ करोड जनसंख्यामध्ये आधाले फेसबुक चलाउँछन् भने सैनिक ‘कु’विरुद्ध ऐक्यबद्धता जनाउन फेसबुक पेजै तयार पारिएको थियो।

सेनाले म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीलगायत शीर्ष नेताहरूलाई नजरबन्द गरी ‘कु’ गरेको थियो। ‘कु’ सँगै इन्टरनेट सेवा, बैंकिङ तथा टेलिफोन सेवा आंशिक बन्द भएको थियो । त्यसयता सैनिक कुको विरोधमा नेतृ सुकीका समर्थकले सामाजिक सञ्जालमार्फत सेनाको कदमको विरोध जनाउँदै आइरहेका थिए। उनीहरूको आवाज दबाउन पनि सेनाले सामाजिक सञ्जालहरूमा प्रतिबन्ध लगाएको बुझिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)