मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अभिषेक आइलिग क्लब आइजोल एफसीमा आबद्ध


  • माउन्टेन खबर
  • सोमवार, माघ २६, २०७७
  • 452
    SHARES

२६ माघ, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका फरवार्ड अभिषेक रिजाल भारतको आइलिग क्लब आइजोल एफसीमा आबद्ध भएका छन्।

अभिषेकको मेन्टरको रुपमा काम गर्दै आएका रवीन्द्र चन्दका अनुसार २०२०-२१ सिजनको बाँकी खेलका लागि आबद्ध भएका हुन्।

यसअघि गत भदौमा अभिषेक भारतको अर्को क्लब मोहमेडन स्पोर्टिङ् क्लबमा आबद्ध भएका थिए।

कोरोना महामारीका बीच चन्द बदर्स प्रालिको पहलमा भएको सम्झौतामा मोहमेडन आइलिगमा बढुवा हुन नसके रिजालले अन्य क्लबबाट खेल्न सक्ने शर्त राखिएको थियो।

यद्यपी मोहमेडन छनोटमा च्याम्पियन बन्दै आइलिगमा बढुवा भएको थियो। जसका कारण अभिषेकका लागि आइलिग खेल्ने ढोका खुलेको थियो।

सिजनको आइलिगमा आबद्ध हुने अभिषेक तेस्रा नेपाली खेलाडी हुन्।

राष्ट्रिय टिमका पहिलो रोजाइका गोलकिपर किरण चेमजोङ पञ्जावबाट खेलिरहेका छन्। अघिल्लो साता मिडफिल्डर प्रकास बुढाथोकी नेरोकामा आबद्ध भएका थिए।

जारी लिगमा पाँच खेल खेलेको आइजोल २ जित र २ बराबरी खेल्दै ८ अंक जोडेर च‍ौथो स्थानमा छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)