बुधबार, साउन १३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

लक डाउनको समयमा पनि मृगौलाका विरामीलाई नियमित सेवा दिदै भक्तपुरको सहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र


  • माउन्टेन खबर
  • शुक्रबार, बैशाख १२, २०७७
  • 849
    SHARES

भक्तपुरको सहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले लक डाउनको समयमा पनि डायलासिसका विरामीलाई सेवा दिइरहेको छ । रोल…

लक डाउनका कारण सुरुका दिन डायलासिसको समय घटाएको भएपनि अहिले केन्द्रले नियमित सेवा दिइरहेको छ । ३० वटा डायलासिस मेसिनबाट सेवा दिइरहेको केन्द्रमा अहिले दैनिक ७५ जना मृगौलाका विरामीले डायलासिस सेवा लिइरहेका छन् । दैनिक तीन सिफ्ट गरेर मृगौलाका बिरामीहरुको डाइलासिस गर्दै आएको केन्द्रले जनाएको छ । अहिले केन्द्रका चिकित्सक तथा नर्सहरुको आलोपालो गरेर सेवा दिइरहेका छन् । लकडाउनको दुई हप्ता पर्याप्त सामान मौज्दात नहुने डायलासिसको समय घटाइएको थियो । तर अहिले सबै व्यवस्थापन गरेर सबै बिरामीको तीनपटक नै डाइलासिस गर्ने गरेको केन्द्रकी नेफ्रोलोजी विभाग प्रमुख डा. कल्पना श्रेष्ठ जानकारी दिनुभयो।

केन्द्रले जनाएको छ । केन्द्रमा डाइलासिस गराउने प्रतिक्षासूचीमा भने एकसय ८७ बिरामीहरु रहेको अस्पतालले जनाएको छ । केन्द्रमा अन्तरंग र शल्यक्रिया बाहेकका सबै सेवा लक डाउनको समयमा पनि सञ्चालनमा रहेका केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले बताउनुभयो । केन्द्रमा आकस्मिक डाइलासिस गर्नुपर्ने बिरामीहरु पनि आउने गरेका छन् । दिनमा पाँचदेखि सातजनासम्म आकस्मिक डाइलासिस गर्नुपर्ने बिरामी आउने गरेको कार्यकारी निर्देशक श्रेष्ठले बताउनुभयो । केन्द्रमा मृगौला तथा कलेजो प्रत्यरोपण गरेका बिरामी तथा दाता बिरामीहरुलाई दिनुपर्ने आकस्मिक उपचारसमेत नरोकिएको उहाँले बताउनुभयो । कोरोना भाइरस संक्रमण नियन्त्रण तथा व्यवस्थापन गर्न सरकारले घोषणा गरेको लकडाउन लम्बिँदा मृगौला बिरामीहरु प्रभावित हुन थालेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)