सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

म्यानमारमाथि अमेरिकाले लगायो प्रतिबन्ध


  • माउन्टेन खबर
  • बिहिबार, माघ २९, २०७७
  • 513
    SHARES

२९ माघ, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले म्यानमारका सैन्य नेताहरुमाथि प्रतिबन्धको घोषणा गरेका छन् ।

म्यानमारको सैनिक कूको विरोध गर्दै बाइडनले सत्ता छाड्न सैन्य नेतृत्वलाई आग्रह गरे । अन्यथा अमेरिकाले कारबाही गर्ने उनले बताए ।

बाइडनले भनेका छन्, ‘मैले एक कार्यकारी आदेशमा हस्ताक्षर गरेको छु, जो कू गर्ने सैन्य नेतृत्वमाथि तुरुन्त प्रतिबन्ध लागू हुन्छ ।’ उनीहरुको व्यापार र नजिकका आफन्त पनि प्रतिबन्धको दायरामा आउने बाइडनको भनाइ छ ।

राष्ट्रपति बाइडनका अनुसार अमेरिकाले म्यानमारविरुद्ध निर्यात नियन्त्रण लागु गर्ने छ र आवश्यक परेमा थप प्रतिबन्ध पनि लागु हुने छ । राष्ट्रपति बाइडनले म्यानमारले अमेरिकामा राखेको एक अर्ब डलरको कोष फ्रिज गरिदिने पनि बताए ।

म्यानमारको सेनाले राष्ट्रपति विन मिन्ट, स्टेट काउन्सिलर आङ साङ सुकी लगायतका प्रजातन्त्रवादी नेताहरुलाई हिरासतमा लिएर सत्ता हत्याएको छ ।

अमेरिकी राष्ट्रपति बाइडनले हिरासतमा लिइएका सबैलाई रिहा गर्न र सत्ता पनि फिर्ता गर्न म्यानमारको सेनालाई भनेका छन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)