सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

पूर्व न्यायधीस रफायलसँग जीपी कोइराला फाउण्डेशन अमेरिकाको छलफल


  • माउन्टेन खबर
  • बिहिबार, माघ २९, २०७७
  • 736
    SHARES

न्यूयोर्क, अमेरिका, २९ माघ । गिरिजाप्रसाद कोइराला फाउन्डेशन अमेरिका च्याप्टरको कार्यालयमा अमेरिकाका पुर्व न्यायधीस थोमस रफायलसँग यस संस्थाका पदाधिकारी लगायत विभीन्न महानुभावहरूले वर्तमान परीवेशमा अमेरीकाको वदलिएको सरकार एवं राजनैतिक प्रशासन र यस्ले अध्यागमन क्षेत्रमा ल्याउने परीवर्तन एवं यस्का प्रभावका विषयमा अन्तर्कृयात्मक छलफल गरेको छ ।

फाउण्डेशनका अध्यक्ष सोमनाथ घिमीरे, उपाध्यक्ष सुवर्ण लामा, कार्यसमिती सदस्य रामचन्द्र अधिकारी, रेखा श्रेष्ठ, प्रेम क्षेत्री अधिकारी, ध्रुव कुवँर क्षेत्री, राजेश आचार्य, विशेष अतिथि पत्रकार विके नेवा, नेविसंघकी पूर्व केन्द्रीय सदस्य कविता श्रेष्ठ मल्ल, शन्त रीसाल, राधा सींह, सिता शाहि, रिता खडका लगायतको उपस्थीतीमा करीव २ घण्टा लामो सो अन्तर्कृयात्मक छलफलमा नेपाली समुदायका अध्यागमन सम्वन्धी समस्याहरूका जवाफ न्यायधीस रफायलले सरल ढंगले दिनुभएको थियो। वहाँले समुदायसँग मिलेर फाउन्डेसनले कोरोना कहरमा गरेको कामको उच्च प्रशंसा गर्दै, आगामी दिनहरूमा वाईडेन प्रशासनले अध्यागमन निती सहज वनाई, सबै अमेरीकावासी आप्रवासीहरूलाई कानुनी दायरामा ल्याउनेमा आफु आशावादी रहेको वताउनुभयो।

फाउण्डेशनका मानार्थ सदस्य शान्त रीसाल लाई पुर्व न्यायधीस थोमस रफायलले प्रसंसा पत्र वाट सम्मान गर्नुभयो। उहाँले छिट्टै कानुन संसोधन भै आउने कुरा व्यक्त गर्नुभयो र आप्रवासीको मुद्दा मुल मुद्दा भएकोले यस्लाई यो सरकारले टुंगोलगाउन अवसर समेत भएकोमा वहाँको जोड थियो।

अन्तर्कृयामा संस्थाका अध्यक्ष घिमीरे, उपाध्यक्ष लामा,केन्द्रीय सदस्य रामचन्द्र अधिकारी,प्रेम क्षेत्री अधीकारी, राजेश आचार्य, ध्रुव कुवँर ,रेखा श्रेष्ठ लगायतले विभिन्न जिज्ञासा राख्नुभएको थियो। पुर्व न्यायधीस राफायलले स्थानीय जनप्रतिनिधी र सरकारका अंगसँग मिलेर काम गर्न सुझाव दिँदै सो कार्यमा आफुले न्युयोर्क राज्य र न्युयोर्क शहरका सबै निर्वाचित अधिकारीहरू सॅंग सहकार्य गरी यसै फाउण्डेशनलाई अझै अग्रपंक्ती मा पुर्याउन पुर्ण सहयोग गर्ने वचनवद्दता प्रकट गर्नुभयो।

आफ्नो कार्यव्यस्तताका वावजुद करीव २ घन्टा समय फाउन्डेशनलाई दिनुभएका पुर्व न्यायधीस राफायल सँग सिंगढा र चिकन बिरीयानि र चिया सहितको दिउंसोको भोजन गरी कार्यक्रम गर्नपाएकोमा संस्थाका उपाध्यक्ष शुवर्ण लामाले प्रशन्नता व्यक्त गर्दै उक्त भोजनको प्रायोजक टेस्ट अफ लाहोर रेस्टुरेन्टकी प्रोप्राईटर रेखा श्रेष्ठलाई धन्यवाद ज्ञापन गर्नुभयो।

गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिका च्याप्टरले पुर्व न्यायधीस थोमस राफायल लाई धन्यवाद एंव आभार प्रकट गर्द छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)