सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

जर्मनीमा मार्च ७ सम्म लकडाउन बढाइयो


  • माउन्टेन खबर
  • बिहिबार, माघ २९, २०७७
  • 415
    SHARES

२९ माघ, काठमाडौं । जर्मनीमा लकडाउनको अवधि आगामी मार्च ७ तारिखसम्म लम्ब्याइएको बताइएको छ । बुधबार सो विषयमा निर्णय भएको हो । हाल पनि जर्मनीमा लकडाउन रहेको छ र त्यो लकडाउनको अवधि आगामी मार्च ७ तारिखसम्म पु¥याउने गरी निर्णय भएको बताइएको छ ।

समाचारमा जनाइएअनुसार बुधबार जर्मन चान्सर एन्जेला मर्केल र यहाँका १६ ओटा संघीय नेताहरुले यस विषयमा सहमति जनाएका थिए । उनीहरुको सहमतिलगत्तै यहाँको सरकारले जर्मनमा हाल कायम रहेको लकडाउनको अवस्थालाई आगामी मार्च महिनाको ७ तारिखसम्मका लागि लम्ब्याएको जानकारी गराएका हुन् ।

जर्मनीका प्राय सबैजसो स्थानमा प्रतिबन्धसहितका केही प्रावधानहरु राखेर यहाँ लकडाउन जारी रहेको थियो । यो लकडाउनको अवधि यही फेब्रुअरी १४ सम्मका लागि पनि यसअघि कायम गरिएको थियो । सो अवधि सकिनु चार दिन अगावै जर्मनी सरकार उक्त अवधिलाई लम्ब्याउने निर्णयमा पुगेको बताइएको हो । जर्मनीमा देशभरि नै नभएर आंशिक रुपमा लकडाउन गरिएको छ । अघिल्लो नोभेम्बर महिनाको पहिलो हप्तादेखि नै लकडाउन सुरु गरेको थियो ।

यो अवस्था अहिले पनि जारी छ । यहाँका कतिपय स्थानमा कोभिडका सङ्क्रमितहरु घटेको भए पनि उल्लेख्य रुपमा कमी आउन भने सकेको छैन । यहाँ कोरोना भाइरसको नयाँ स्वरुपको प्रजाति पनि पाइएको छ । यसकारण पनि यहाँ लकडाउनलाई निरन्तरता दिने निर्णय सरकारले गरेको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)