सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

तीन बुँदे माग राख्दै डा. केसीद्वारा २०औँ सत्याग्रहको घोषणा


  • माउन्टेन खबर
  • बिहिबार, माघ २९, २०७७
  • 330
    SHARES

२९ माघ, काठमाडौं । प्रतिनिधिसभा पुनःस्थापनालगायतका तीनबुँदे माग राख्दै डा. गोविन्द केसीले २०औँ सत्याग्रहको घोषणा गर्नुभएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै डा. केसीले आउँदो फागुन १२ गतेसम्म आफ्ना माग सम्बोधन नभए सत्याग्रह सुरु गर्ने घोषणा गर्नुभएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीबाट संविधानमाथि निरंकुश प्रहार भएकाले त्यसको विरोध गर्नु आफ्नो मौलिक कर्तव्य भएका कारण सत्याग्रहको घोषणा गरेको डा. केसीले बताउनुभएको छ । आम नागरिकलाई अहिंसात्मक पहलकदमीमा साथ दिन उहाँले अपिल गर्नुभएको छ ।

यस्ता छन् तीनबुँदे माग
१. अवैधानिक रुपमा गरिएको प्रतिनिधिसभा विघटनको प्रयासबाट संविधानको रक्षा गरियोस् ।
२. अवैध रुपमा संवैधानिक निकायहरुमा गरिएका नियुक्ति रद्द गरियोस् ।
३. चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका लागि हामीसँग भएका सम्झौता कार्यान्वयन गरियोस् । चिकित्सा शिक्षालाई गैरनाफामूलक बनाउने, सबै सार्वजनिक शिक्षण संस्थामा पचहत्तर प्रतिशत छात्रवृत्ति कार्यान्वयन गराउनेलगायतका राष्ट्रिय चिकित्सा शिक्षा ऐनका प्रावधानहरुको कार्यान्वयन गरियोस् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)