सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अमेरिकाको लस एन्जलसबासी नेपालीहरुको आफ्नै कृयापुत्री भवन


  • माउन्टेन खबर
  • शनिबार, फाल्गुन १, २०७७
  • 1.7K
    SHARES

फेब्रुअरी १३,अमेरिका । अमेरिकाको लस एन्जलसमा नेपालीहरुको बाक्लो बसाई रहेको छ र बढ्ने क्रम जारी छ । मानव जीवन यापनमा आइपर्ने जन्म देखि मृत्‍यु सम्ममा अनेक सँस्कारीक रित पुरा गर्नुपर्ने हुन्छ । ति सबै रित पुरा गर्ने उपयुक्त स्थानको व्यवस्था गर्न लस एन्जलस नेपाली समाज सक्षम भएको छ ।

लस एन्जलसमा नेपालीहरुको बसाई करीब १२ -१३ बर्ष यता पहिलाको तुलनामा ह्वात्तै बढेको छ । परिवारको कुनै एकजना अमेरिका छिरे पछि बिस्तारै ग्रिन कार्ड र नागरिकता पाउँदै जाने अमेरिकाको ब्यबस्था छ । सो अनुरुप एक जनाको त्यो ब्यबस्था भए लगत्तै परिवारका अन्य सदश्यहरु पनि आउन पाउने भएकोले नेपालीको जनघन्त्व बढेको हो ।

रहदैँ , बस्दै जाँदा बच्चा जन्मिने, न्वारन , ब्रतबन्ध,छेवर, गुन्यु चोली, जन्मदिन, बिभिन्न चाडबाड, विवाह, आफ्ना ब्रिद्ध बुवाआमाहरुको चौराशी पूजा आदीइत्यादी रित पुरा गर्नु पर्ने हुन्छ । जुन कार्य गर्न सहज् होस् भनी नेपाली समुदायले आफ्नो गक्ष अनुसार चन्दा सँकलन गरी मन्दिर र सामुदायिक भवन भएको भवन किनेको थियो । जहाँँ पशुपती नाथ तथा बुद्ध मन्दिरको स्थापना गरी १० बर्ष देखि पूजाआँचा, बिहे ब्रतबन्ध देखी अन्य सबै सामाजिक कार्यहरु हुँदै आएका छन् ।

समय बित्दै जाँदा जन्म, बिहे जस्ता उत्सवका क्षणहरु मात्र कहाँँ हुँदा रहेछन् र ? कहिले उमेर पुगिसकेका अग्रजहरुलाई आफ्ना सन्तानको माँझ बाट टपक्क टिपेर लग्छ, कहिले लाउँलाउँ-खाउँखाउँ भन्ने उमेरका तन्नेरीहरुलाई आफ्ना दामलीहरुको साथ छुटाएर लाग्छ त कहिले स-साना लालाबाला रुहाउँदै अवला नारीको सिउँदोको सिन्दुर पुछिदिन्छ । निष्टुरी छ दैव ।

तर, दाँयालु छ एल ए नेपाली समाज । हरेक घटनामा एकजुट भएको छ । हरेकको उत्सवमा रमाउँछ , हरेकको दु:खमा साथ दिन्छ र हरेकको आपत्तीमा उपाय निकाल्छ ।

नेपालमा आफ्ना अबिभावकहरुको निधन हुँदा काजकृया गर्न नेपाल जान नमिल्ने अवस्थामा रहेकाले डेराको एउटा कोठाको कुनामा बसेर साँस्कारीक रित पुरा गर्नु पर्ने बाध्यता थियो । तर अब देखी त्यो समस्या पनि एल ए बासीबाट समाधान भएको छ ।

आज भन्दा करीब १० बर्ष पहिला १० लाख ५० हजार डलरमा किनेको मन्दिर सँगै छुट्टै कम्पाउण्डमा एउटा छुट्टै घर , ग्यारेज र अर्को कोठापनी पनि थियो । सो घर भाढामा दिइएको भए पनि त्यो कोठा भने गोदामको रुपमा प्रयोग हुँदै आइरहेको थियो ।

सोही कोठाको सरसफाई रङ्गरोगन साथै भान्छा र सौचालय आदिको सुबिधाको छुट्टै व्यवस्था गरी त्यस्लाई कृयापुत्रिघर बनाईएको छ । जस्मा हालै कोभिड-१९ का कारण मृत्‍युवरण गरेका नोगराज पाठककी धर्मपत्नी र छोरालाई त्यो सेवा उपलब्ध गराईएको छ । एक्लोपन महशुस हुन नदिन समाजका कोही न कोही गएर कुरुवा बस्ने पनि गरिएको छ ।

परदेशी भुमिमा आफन्तहरुको अनुपस्थितिको वाध्यत्मक परिस्थितीमा पनि लस एन्जलसको नेपाली समाजले कृयापुत्रीहरुलाई अभाव महशुस हुन नपावोस भनी हर प्रयास गरिरहेको छ । अब लस एन्जलस बासी नेपाली सँग जन्मे देखी मृत्‍यु हुँदा सम्मका सँस्कार पुरा गर्न सुबिधायुक्त स्थानको व्यवस्था भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)