सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोनाभाइरसको नयाँ प्रकारको भाइरस बढी घातक


  • माउन्टेन खबर
  • सोमवार, फाल्गुन ३, २०७७
  • 490
    SHARES

३ फागुन, लन्डन । बेलायतमा ब्याप्त रहेको कोरोनाभाइरसको नयाँ भेरियन्ट (प्रकार) पहिलेका प्रकारहरुभन्दा ७० प्रतिशतसम्म बढी घातक रहेको सरकारका वैज्ञानिक सल्लाहकारहरु बताएका छन् । भाइरसमा देखिएको म्युटेसनले कोभिड–१९ रोगको विशेषतालाई परिवर्तन गर्नेमा उनीहरुले चिन्ता व्यक्त गरेका छन् ।

सरकारी वेबसाइटमा न्यु एन्ड इमर्जिङ रेस्पीरेटरी भाइरस थ्रेट एडभाइजरी ग्रुपले गरेको अनुसन्धान शुक्रबार प्रकाशित गरिएको थियो । केन्ट भेरियन्ट भनिने कोरोनाभाइरसको नयाँ प्रकारबारे गरिएका दर्जनौँ अध्ययनलाई आधार बनाएर प्रकाशित उक्त रिपोर्ट जारी गरिएको हो ।

रिपोर्टमा उक्त भेरियन्ट ३० देखि ७० प्रतिशतसम्म थप घातक रहेको उल्लेख गरिएको छ । पुराना भेरियन्ट र नयाँ भेरियन्टबा अस्पताल भर्ना भएका बिरामी र मृत्यु दरलाई अध्ययनमा आधार बनाइएको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)