सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

मध्यप्रदेशमा बस दुर्घटना हुँदा २५ जनाको मृत्यु


  • माउन्टेन खबर
  • मङ्लबार, फाल्गुन ४, २०७७
  • 508
    SHARES

४ फागुन, सिधि । मध्यप्रदेशको सिधिमा मंगलबार बिहान बस दुर्घटना भएको छ । यात्रीले भरिएको बस बाणसागर नहरमा खसेको हो । हालसम्म २५ को शव भेटिएको भारतीय सञ्चार माध्यमले जानकारी दिएको छ ।

स्रोतका अनुसार बसमा ५४ यात्री सवार थिए । अधिकारीले मृतकको संख्या ४५ जनाभन्दा बढी हुन सक्ने आशंका गरेका छन् । ७ यात्रुको उद्धार गरिएको छ भने ड्राइभरले पौडी खेलेर आफ्नो ज्यान बचाए । उनलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।

स्थानीय समयानुसार बिहान पौने १२ बजे क्रेनको मद्दतले बसलाई बाहिर निकालिएको छ । केही शव बगेका छन् ।

एएसपी अन्जुलता पटेलले २५ शवलाई निकालिसकिएको जानकारी दिइन् । बाँकी सबै यात्रीको मृत्युको आशंका गरिएको छ । उक्त दुर्घटना बिहान करिब साढे सात बजेको हो ।

प्रहरीका अनुसार बसको क्षमता ३२ यात्रीकमो थियो । तर यसमा ५४ यात्री थिए । सिधा बाटोमा जाम भएका कारण ड्राइभरले आफ्नो रुट फेरेका थिए । उनले नहरको किनाराबाट बस गुडाउादै थिए । बाटो निकै साँघुरो भएकोले ड्राइभरले सन्तुलन गुमाएका कारण उक्त दुर्घटना निम्तिएको बताइन्छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)