सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बंगलादेशमा लेखकको हत्यामा दोषी पाँचजनालाई मृत्युदण्डको सजाय


  • माउन्टेन खबर
  • मङ्लबार, फाल्गुन ४, २०७७
  • 458
    SHARES

४ फागुन, काठमाडौं । बंगलादेशको एक अदालतले लेखक तथा ब्लगर अभिजीत रायको हत्यामा पाँचजनालाई दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको छ।

अर्का एक दोषीलाई जन्मकैदको सजाय सुनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

केही दिन पहिले अभिजीत रायको पुस्तकका प्रकाशक फैसल अरेफिन दीपनको हत्यामा दोषी ठहर ८ जनालाई मृत्युदण्डको फैसला भएको थियो।

लेखक अभिजीतको ६ वर्ष पहिले हत्या भएको थियो। सन् २०१५ मा राजधानी ढाकामा भएको पुस्तक मेलाबाट निस्किँदै गर्दा अभिजीतको हत्या भएको हो।

बंगलादेशका सुपरिचित ब्लगर अभिजीतले विज्ञान, नास्तिकता र धर्मका सम्बन्धमा किताब लेखेका थिए । मुक्तमन नामक ब्लगिङ्ग संस्थाका उनी संस्थापक पनि थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)