सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

उत्तर कोरियाली नेता किमकी पत्नी एक वर्षपछि सार्वजनिक रूपमा देखा परिन्


  • माउन्टेन खबर
  • बुधबार, फाल्गुन ५, २०७७
  • 429
    SHARES

५ फागुन, उत्तर कोरिया । उत्तर कोरियाली नेता किम जोङ उनकी पत्नी एक वर्षपछि पहिलोपटक सार्वजानिक रूपमा देखा परेकी छन् । राष्ट्रिय सञ्चारको रिपोर्ट अनुसार मंगलबार उनी किमका स्व. पिता किम जोङ–इलको जन्मदिनको अवसरमा आयोजना गरिएको कन्सर्टमा पतिसँगै देखा परेकी हुन् ।

रि–सोल्जु सबै प्रमुख समारोहमा किमका साथ देखा पर्ने गर्थिन् । तर, गत वर्षको जनवरीपछि उनी अचानक हराएकी थिइन् । त्यसपछि उनी गर्भवती भएको या स्वास्थ्यमा केही समस्या आएको हुन सक्ने आँकलन गरिएको थियो । दक्षिण कोरियाको गुप्तचर सेवाका अनुसार उनले कोरोनाका कारण पनि सार्वजनिक उपस्थिति नजनाएको हुन सक्छ र आफ्ना छोराछोरीसँग समय बिताइरहेको हुन सक्ने बताइएको छ ।

उत्तर कोरियाले अहिलेसम्म पनि आधिकारिक रूपमा कोभिड–१९ का कुनै संक्रमित नभएको बताउँदै आएको छ । जसलाई विज्ञहरुले भने असम्भव ठहर गरेका छन् ।

मंगलबारको कार्यक्रममा सबैले किम र सोल्जुको जोडीलाई ठूलो ताली बजाएर स्वागत गरेको थिए भने प्रकाशित तस्बिरमा पनि उनीहरु रमाइरहेको देख्न सकिन्छ । जसमा कसैले पनि मास्क नलगाएको र सामाजिक दूरीलगायत अपनाएको देखिएको छैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)