सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अमेरिकाले ‘डब्ल्यूएचओ’लाई २० करोड डलर दिने


  • माउन्टेन खबर
  • बिहिबार, फाल्गुन ६, २०७७
  • 351
    SHARES

६ फागुन, काठमाडौं । अमेरिकाले फेब्रुअरी महिनाभित्रै विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)लाई २० करोड डलरभन्दा बढी रकम दिने भएको छ । यसअघि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले डब्ल्यूएचओबाट बाहिरिने निर्णय गर्दै डब्ल्यूएचओलाई बुझाउँदै आएको शुल्क रोक्ने निर्णय गरेको थियो । बुधबार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले डब्ल्यूएचओलाई उक्त रकम बुझाउने निर्णय भएको बताउनुभएको हो । यसले विश्व स्वास्थ्यबारे अमेरिका प्रतिबद्ध रहेको विश्वास बढाउन पनि सहयोग पुग्ने बताइएको छ ।

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को भर्चुअल बैठकमा ब्लिन्केनले भन्नुभयो, ‘डब्ल्यूएचओको सदस्य राष्ट्रको वित्तीय दायित्व पूरा गर्ने मामिलामा यो निकै महत्वपूर्ण कदम हो ।’

ब्लिन्केनले अन्य मुलुकहरुलाई पनि खोपको विषयमा फैलिरहेको गलत सूचनाविरुद्ध लड्न पनि आग्रह गर्नुभएको छ । साथै कोरोनाको उत्पत्तिको विषयमा आवश्यक सूचनाहरु साटासाट गर्न पनि आग्रह गर्नुभएको छ। उहाँले यो महामारीको उत्पत्तिको विषयमा राम्रो जानकारी हुँदा भविष्यमा आउन सक्ने महामारीबाट बच्ने तयारीका लागि महत्वपूर्ण हुने बताउनुभयो ।

अमेरिकाको राष्ट्रपति भएपछि जो बाइडनले पूर्वराष्ट्रपति ट्रम्पको निर्णय उल्ट्याउँदै डब्ल्यूएचओमा सामेल हुने निर्णय गर्नुभएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)