सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोना विरुद्धको खोपको स्पष्ट खाका सहित स्वेतपत्र सार्वजनिक गर्न कांग्रेसको माग


  • माउन्टेन खबर
  • बिहिबार, फाल्गुन ६, २०७७
  • 368
    SHARES

६ फागुन, काठमाडौं। नेपाली कांग्रेसले कोभिड–१९ विरुद्धको खोप लगाउन स्पष्ट खाका सहितको स्वेतपत्र सार्वजनिक गर्न सरकारसँग माग गरेको छ ।

कोभिड–१९ विरुद्धको खोप लगाउने विषयमा सरकार गम्भिर नभएको भन्दै कांग्रेसले सबै जनतालाई खोपको सुनिस्चितता दिनेगरी कार्ययोजना सहितको स्वेतपत्र सार्वजनिक गर्न माग गरेको हो । बिहीबार कांग्रेस सह–महामन्त्री प्रकाशशरण महतले स्पष्ट खाका सहितको विस्तृत कार्ययोजना सार्वजनिक गर्न सरकारसँग माग गर्नुभएको हो ।

खोप खरिद गर्नुपर्ने खण्डमा खरिद प्रक्रिया पारदर्शी हुनुपर्ने र त्यसको विश्वसनियताको विषयमा जनतालाई सुनिश्चित गर्न जरुरी रहेको पनि बताउनुभयो । उहाँले भन्नुभयो ‘खोप खरिद गर्नुपर्ने खण्ड छ भने त्यो खरिद प्रक्रिया पनि पारदर्शी, सुरक्षा र विश्वसनियताको बारेमा पनि नेपाली जनतालाई सुनिस्चित गर्न जरुरी छ । त्यसको सुस्पष्ट खाका सहितको विस्तृत समयकालिन कार्यतालिका सहित, स्रोत सहितको कार्ययोजना सरकारले सार्वजनिक गर्नुपर्छ । यो हामी माग गर्छौं ।’

खोप लागउने विषयमा सरकार गम्भिर नभएको पनि सह–महामन्त्री महतले बताउनुभयो भारतले १० लाख खोप निःशुल्क दिएको र सो खोप दिन थालिएपनि पारदर्शी कार्ययोजना आउन नसकेको महतको भनाई छ । उहाँले भन्नुभयो ‘पछिल्लो दिनमा खोप विभिन्न संस्थाहरुले तयार गरेका छन त्यो खोप नेपालमा खोप लगाउने विषयमा सरकार गम्भिर भइराखेको छैन । भारतले १० लाख निःशुल्क दिएको कुरा छ र त्यो खोप दिन थालिएको भनिएको छ । तर पारदर्शी कार्ययोजना आएको छैन । सरकारले प्रस्तुत गरेको छैन ।’

सबैभन्दा पहिला अग्रपंतिमा काम गर्नेलाई पहिलो प्राथमिकतामा राखेर खोप दिने कुरा ठिक भएपनि ज्येष्ठ नागरिकलाई कसरी खोप दिने भन्ने कुराको कार्ययोजना ल्याउन नसकेको बताउनुभयो । निःशुल्क खोप कहाँकहाँबाट आउँदै छ र रकम तिरेर ल्याउने कार्ययोजना के छ भन्ने विषयलाई सरकारले स्पष्ट पार्नुपर्ने पनि सह–महामन्त्री महतले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)