सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अमेरिकाको ह्युष्टन शहरमा २३ वर्षीय नेपाली विद्यार्थीको निधन


  • माउन्टेन खबर
  • शुक्रबार, फाल्गुन ७, २०७७
  • 718
    SHARES

फेब्रुअरी १८ अमेरिका । अमेरिकाको टेक्सास राज्यको ह्युष्टन शहरमा २३ वर्षीय नेपाली विद्यार्थी प्रमोद भट्टराईको असामयिक निधन भएको छ ।

ह्युष्टनमा हिमपातको कारण वत्ती गएका कारण प्रमोद र उनीसंगै वस्ने साथीहरुले सोमवार राति वाहिर वार्वीक्यु पार्टी गरेका थिए र सुत्न गएका थिए । मंगलवार विहान संगै वस्ने साथीले उनलाई मृत अवस्थामा कोठामा फेला पारेका थिए ।

झापाको वुधवारे घर भएका प्रमोद कम्प्युट साइन्सको विद्यार्थी थिए र अध्ययनसंगै काम पनि गरिरहेका थिए । उनी ५ बर्ष पहिला अध्ययनको शिलसिलामा अमेरिका आएका थिए ।

प्रमोदको सोमवार राति सुतेकै अवस्थामा निधन भएको परिवारका सदस्यहरुले जानकारी दिएका छन् । पोष्टमार्टम रिपोर्ट अझैसम्म प्राप्त भइ नसकेको कारण उनको निधन के कारणले भयो भन्ने थाहा हुन सकेको छैन ।

अमेरिकाका छोराको निधन भएपछि झापामा रहेको स्वर्गीय प्रमोदको परिवारलाई कसरी शवलाई नेपाल ल्याउने र अन्त्येष्टि गर्ने भन्ने चिन्ताले सताएको छ ।

प्रमोदको शव नेपाल ल्याइदिने व्यवस्था मिलाइ दिनका लागि झापावाट प्रमोदका काका रेवतवहादुर भट्टराइले नेपाली दुतावास, एनआरएन र अमेरिकामा रहेका सम्पूर्ण नेपालीहरुलाई हार्दिक अनुरोध गरेका छन् ।

प्रमोदको दुखद निधन भएको थाहा पाउनासाथ कसरी सहयोग पुर्याउन सकिन्छ भनेर अमेरिकामा रहेका नेपाली संस्थाहरुले छलफल गरिरहेको कुरा सुन्नमा आएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)