सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

काँग्रेसले खेल क्षेत्रको विकासलाई जोड दिएको छ : नेता खड्का


  • माउन्टेन खबर
  • शनिबार, फाल्गुन ८, २०७७
  • 594
    SHARES

संखुवासभा, ८ माघ । नेपाली काँग्रेसका नेता दिपक खड्काले काँग्रेसले खेल क्षेत्रको विकासलाई जोड दिएको बताउनुभएको छ ।

हाङथुङ युवा क्लब संखुवासभाले मादी मूलखर्कमा आयोजना गरेको जिल्लास्तरिय फुटवल प्रतियोगिताको आज समापन गर्दै उहाँले खेलकुद क्षेत्रमा हुने भ्रष्टचारको अन्त्य नभएसम्म मुलुकको खेलकुद क्षेत्र अगाडि बढ्न नसक्ने बताउनुभएको हो । “संखुवासभालाई खेलकुद प्रतियोगिताको जिल्ला बनाउन मैले पहल गरिरहेको छु,”–उहाँले भन्नुभयो । पूर्व राज्यमन्त्री खड्काले स्वास्थ्यका लागि खेल र राष्ट्रका लागि खेललाई नेपाली काँग्रेसले अवलम्बन गर्दै अगाडि बढाएको उल्लेख गर्नुभयो ।

क्लबका अध्यक्ष असिम जिमीको सभापतित्वमा भएको खेलकुद प्रतियोगिता फागुन ४ मा सुरु भई आज सम्पन्न भएको थियो । उक्त प्रतियोगितामा संखुवासभाका १० फुटवल टिमको सहभागीता रहेको थियो ।

उक्त प्रतियोगितामा नवयुवा क्लब आँखीभुई प्रथम भएको थियो । प्रथमसँगै उक्त क्लबले रु एक लाख नगदसहित मेडल प्राप्त गरेको छ भने दोस्रो टिमले रु ५५ हजार नगदसहित मेडल प्राप्त गरेको काँग्रेसका युवानेता सन्दीप निरौलाले जानकारी दिनुभयो ।

कार्यक्रममा काँग्रेसका क्षेत्रीय सभापति दिपक लिम्बु, काँग्रेस नेता रामकुमार जिमीलगायतको उपस्थिती रहेको थियो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)