सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

राजकुमार ह्यारी र उहाँकी श्रीमती मेगन बेलायतस्थित बकिङहम दरवारको राजकीय मानपदवीबाट मुक्त


  • माउन्टेन खबर
  • आइतवार, फाल्गुन ९, २०७७
  • 659
    SHARES

लन्डन, ९ फागुन।  बेलायतका राजकुमार ह्यारी र उहाँकी श्रीमती मेगन बेलायतस्थित बकिङहम दरवारको राजकीय मानपदवीबाट मुक्त हुनुभएको छ ।

बेलायती महारानी एलिजावेज द्वितीयाले ह्यारी र मेगन राजकीय जिम्मेवारीबाट मुक्त हुनु भएको पुष्टि गर्नुभएको हो । दरवारले जारी गरेको वक्तव्यमा दरवारको भूमिका र जिम्मेवारीमा नरहे पनि ह्यारी र मेगन सदैव दरवारको प्रिय सदस्य रहने उल्लेख छ । केही महिना अगाडि उहाँहरुले नै मान पदवी त्यागेको घोषणा गर्दै अमेरिका बसाइ सरे पनि दरबारको तर्फबाट अहिलेसम्म पुष्टि गरिएको थिएन ।

बेलायती राजदरबार बकिङ्घम दरबारले अहिलेसम्म विचाराधीन अवस्थामै राखेको उहाँहरुको मान पदवी खारेज भएको घोषणा गरेपछि यसलाई बेलायती राजसंस्थाको इतिहासमा अविस्मरणीय घटनाको रूपमा लिइएको छ । महारानी एलिजावेथ द्वितीयले ह्यारी दम्पत्तिसँग बेलायती राजपरिवारको अव राजनीतिक तथा सार्वजनिक सम्वन्ध नरहेको उल्लेख गर्नुभएको अधिकारीहरूले जनाएका छन् ।

राजपरिवारको सदस्यका रूपमा उहाँहरूको अव कुनै जिम्मेवारी, दायित्व र अधिकार तथा भूमिका पनि नहुने दरबारले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)