सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

इजरायलमा लकडाउन खुकुलो पारिदै


  • माउन्टेन खबर
  • आइतवार, फाल्गुन ९, २०७७
  • 432
    SHARES

 ९ फागुन, काठमाडौं । इजरायलमा कोरोना संक्रमणका कारण अस्पताल भर्ना हुने र मृतकको संख्या घटाउन फाइजरको खोप ९५ दशमलव ८ प्रतिशत प्रभावकारी सावित भएको अध्ययन सार्वजनिक भएसँगै लकडाउन खुकुलो हुँदैछ । यहाँ, आइतबारबाट पसल, पुस्तकालय र संग्रहालयहरु खुल्न पाउनेछन् । तर सामाजिक दूरी र मास्कको प्रयोग भने अझै पनि आवश्यक पर्नेछ ।

जन–जीवन सामान्य अवस्थामा फर्काउने कामको पहिलो चरण चलिरहेको स्वास्थ मन्त्रालयले जनाएको छ । इजरायलमा खोपको प्रयोगको दर विश्वमै उच्च छ, यहाँ ४९ प्रतिशत जनताले कम्तिमा खोपको एक डोज लिइसकेका छन् । भाइरसको संक्रमण पुन तिव्र फैलिएपछि २७ डिसेम्बरमा इजरायलमा तेस्रो लकडाउन सुरु भएको थियो । मापदण्ड खुकुलो भएपछि अब मानिसहरु सपिङ मल र चिडियाघरजस्ता पर्यटकीय क्षेत्रमा प्रवेश गर्न सक्नेछन् ।

जीवन,होटललगायतका धेरै क्षेत्रहरु अब खुल्न पाउनेछन् । यद्यपि, यहाँ छिर्नका लागि ग्रिन पासपोर्ट चाहिन्छ र खोप लगाइसकेपछि मात्रै यो पासपोर्ट पाइन्छ । भाइरसबाट भर्खरै निको भएकाले अहिले तत्कालै खोपका लागि योग्य नरहेका सानो संख्याका मानिसहरुले पनि यो पासपोर्ट पाउँछन् ।

एपमार्फत प्राप्त गर्नसकिने यो पासपोर्ट स्वास्थ मन्त्रालयले जारी गर्छ र ६ महिनाका लागि वैध हुन्छ, खोपको दोस्रो डोज लगाएको दुई सातापछि यो पासपोर्ट पाइन्छ । मानिसहरुका लागि अहिले कन्सर्ट र खेलकुद गतिविधिहरु पनि खुला गरिएको छ । यद्यपि, त्यहाँ सिमित मानिसमात्रै आउन पाउँछन् । लकडाउन खुकुलो गरिएपनि इजरायलको एयरपोर्ट अर्को दुई सातासम्म बन्द रहनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)