काठमाडौै ,१० फागुन। गत शनिबार बोइड ७७७ को एउटा विमान अमेरिकाको डेनभरमा उडान भरेपछि इन्जिन फेल भएर आपतकालिन अवतरण गरेपछि युनाइटेड एयरलाइन्सले सोही मोडेलका २४ वटा विमानलाई ग्राउण्डेड गरेको छ ।
दुई सय ३१ यात्रु र १० जना चालक दलका सदस्य रहेको सो विमानको एउटा इन्जिन फेल भएर विमानको पखेटामा आगो लागे पनि पाइलटले सफलतापूर्वक विमान अवतरण गराएका थिए ।
विमानमा सवार कोही पनि घाइते समेत भएनन् । उडिरहेको विमानबाट वरिपरिको आवासीय क्षेत्रमा भग्नावशेषका टुक्राहरु खसेका थिए । आगो लागेको विमानलाई धेर्यता र साहसपूर्वक सफल अवतरण गराएकोमा चालक दलको संसारभर प्रशंसा गरिएको छ ।
सो घटनापछि जापानले सो सबै एयरलाइन्सहरुलाई सो मोडेलको इन्जिन प्रयोग भएका जहान नउडाउन भनेको छ । बोइङ ७७७ को इन्जिन फेल हुनुको कारण पत्ता नलागेसम्म सो मोडेलका सबै जहाज नउडाउन निर्देशन दिइएको छ ।
विमान उत्पादक कम्पनीका अनुसार संसारभर हाल सोही मोडेलका ६९ वटा विमानले सेवा दिइरहेका छन् ।
