सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

साउदीमा महिला पनि सेनामा भर्ति हुन पाउने


  • माउन्टेन खबर
  • सोमवार, फाल्गुन १०, २०७७
  • 622
    SHARES

१० फागुन, रियाद । साउदी अरबका महिलाहरू पनि अब सेनामा भर्ती हुन पाउने भएका छन्। साउदीको रक्षा मन्त्रालयले सेनामा महिलाका लागि पनि भर्ती खोल्ने बताएको छ।

साउदी महिलाले साउदी अरेबियन आर्मी, रोयल साउदी एयर डिफेन्स, रोयल साउदी नेभी, रोयल साउदी स्ट्राटेजिक मिसाइल फोर्स र आर्म्ड फोर्सेस मेडिकल सर्भिसेजमा भर्तीका लागि आवेदन दिन पाउने छन्।

साउदी महिलाहरू सिपाहीदेखि सर्जेन्टसम्म पदमा भर्ती हुन सक्ने छन्।

साउदी युवराज मोहम्मद बिन सलमानको भिजन २०३० इनिसियटिभ अन्तर्गत महिलाहरूलाई सेनामा भर्ती गर्न खुला गरिएको हो।

सेनामा भर्ती हुन महिलाहरू २१ देखि ४० वर्षका हुनु पर्छ। १५५ सेन्टिमिटर उचाइ भएका र कुनै सरकारी जागिर नखाएका महिला भर्ती हुन योग्य हुनेछन्।

भर्ती हुन हाइस्कुल उत्तीर्ण गरेकी र विदेशीसँग विवाह नगरेकी पनि हुनु पर्नेछ। यसअघि सन् २०१८ मा साउदी महिलालाई गाडी चलाउन अनुमति दिइएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)